धर्मस्थली विद्यालयमा छात्रवृत्ति वितरण र अन्तर्क्रिया

पोखरा ।
धर्मस्थली आधारभूत विद्यालयले बिहीबार छात्रवृत्ति वितरण गरेको छ । विद्यालयले गरीब, जेहेन्दार, उत्कृष्ट र दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । नेपाल सरकारबाट २०७९ सालका लागि प्राप्त ६३ हजार २ सय रुपैयाँ छात्रवृत्ति १ सय ५८ जना दलित र छात्रालाई जनही ४ सय रुपैयाँका दरले वितरण गरिएको हो ।
विद्यालयले मानव धर्म सेवातर्फको १० हजार रुपैयाँ छात्रवृत्ति ५ जनालाई वितरण गरेको छ । मानव सेवा धर्मको छात्रवृत्ति कक्षा ८ मा अभिनाश नेपाली, एस्टर नेपाली, कक्षा ७ का मल्दिका परियार, कक्षा ६ का सुस्मिता माझी र सुजन परियारलाई जनही २ हजार रुपैयाँका दरले प्रदान गरेको छ ।
विद्यालयले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्थापनबारे अभिभावक र व्यवस्थापन समितिसँग छलफल तथा अन्तर्क्रिया गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पराजुलीले आफ्नो कार्यकालमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुलाई स्थानीय निकाय, संघसंस्थासँग समन्वय गरी दिवा खाजालाई निरन्तर दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा पूर्व वडा अध्यक्ष रामजीप्रसाद बराल, समाजसेवी पानप्रसाद तिमिल्सिना, निर्मला पाण्डे, मीनु केसी र लक्ष्मण अधिकारी लगायतले दिवा खाजा कार्यक्रमका लागि दाल, चामल, आटा, तेल, चना चिउरा आलु, प्याज, मसला आदि खाद्य वस्तु हस्तान्तरण गरे । पोखरा महानगर पालिका वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद बरालले विद्यालयको चौतर्फी विकासका लागि वडा सधैं तत्पर रहेको बताए ।
विशेष अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखा अधिकृत रामप्रसाद तिवारीले धर्मस्थली विद्यालय महानगरको उत्कृष्ट ५ विद्यालयमा परी सम्मानित भएकोमा बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट होस् भनी शुभकामना दिए । प्रधानाध्यापक बदनकुमारी शर्माले विद्यालयको गतिविधि प्रस्तुत गरेका थिए । विद्यालयले २०८० को प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल पनि बिहीबार नै प्रकाशन गरेको छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया