पाण्डवखानीमा सुरक्षा भत्ता वितरण

गलकोट ।
गलकोट १० पाण्डवखानीमा सुरक्षा भत्ता वितरण गरिएको छ । ग्लोबल बैंक गलकोट शाखाले वडा कार्यालयबाट भत्ता वितरण गरेको हो । पालिका केन्द्रमा रहेको बैंक सम्म आउन जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई समस्या भएपछि वडा कार्यालयबाट सेवा दिएको बैंकका प्रमुख श्याम ढकालले बताए । बैंक तथा सुरक्षा निकायसंग समन्वयन गरेर भत्ता वितरण कार्यलाई वडास्तर सञ्चालन गरिएको उनको भनाइ छ ।
ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई पालिकामा रहेको बैंक सम्म पुगेर भत्ता वितरण गर्दा समस्या भएकाले वडाबाटै वितरण गरिएको वडा अध्यक्ष भक्तबहादुर काउचाले बताए । वडाभित्रकै रमुवा गाउँमा बाटो अवरुद्ध हुँदा जान सम्भव नभएकाले त्यहाँका नागरिकको भत्ता वडा सदस्य कुमार पुनलाई जिम्मेवारी दिएको जानकारी दिए ।
भदौ मसान्तसम्म नविकरण गरिसक्नुपर्ने र गर्न छुटेमा आगामी वर्ष भत्ता नपाउने भएकाले सबैलाई नविकरण गर्न सचिव ठाकुर तिमिल्सिनाले आग्रह गरे ।








व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया