लुंखु–हुवास सडक कालोपत्रे हुँदै

रामकृष्ण लामिछाने
पर्वत
पर्वतको सदरमुकामदेखि कुस्मा बजारसम्म जोड्ने लुंखु–हुवास सडक कालोपत्रे प्रक्रिया अघि बढेको छ । पर्वतको मध्य क्षेत्रको लाइफलाइन मानिने लुंखुृ—हुवास सडक १५ किमी कालोपत्रे गर्न ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) पर्वतले टेन्डर आह्वान गरेको हो ।
सडक कालोपत्रे गर्न मंसिरमा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भएको भए पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बहुवर्षीय ठेक्का प्रक्रिया सुरु गर्न अनुमति दिएपछि ठेक्का सूचना प्रकाशन गरिएको हो ।
‘डिपीआर तयार भए पनि ठेक्का सम्झौता गर्न स्वीकृति नदिँदा अन्योल थियो,’ आयोजनाका कार्यक्रम व्यवस्थापक विजय रानामगरले भने । महाशिला र पैँयु गाउँपालिका जोड्ने २० किमी लामो उक्त सडक कालोपत्रे भएपछि पैँयुका बासिन्दा वर्षायाममा स्याङ्जा, पोखरा भएर कुस्मा आउनुपर्ने बाध्यता हट्नेछ ।
कुश्मादेखि फलेवाससम्मको ६ दशमलव ७ किमी सडक कालोपत्रे भइसकेको छ भने लमायखोलादेखि लुंखुसम्मको १३ किमी सडक कालोपत्रे काम भइरहेको छ । अब लुंखु देउरालीदेखि हुवास सडकखण्ड पनि कालोपत्रे भएपछि कुश्मादेखि सुदूरदक्षिण पर्वतको हुवासलाई पनि कालोपत्रे सडकले जोड्नेछ ।
सडक कालोपत्रे २ वर्षभित्र पूरा हुने बताइएको छ । उक्त सडक खण्डमा पर्ने सेराबेंसी र गेडीखोलामा पक्कीपुलको डिपीआर अन्तिम चरणमा पुगेकाले यसै वर्ष ठेक्का प्रक्रियामा लगिनेछ ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया