सामुदायिक विकास केन्द्रमा शिवराज

पोखरा ।
सामुदायिक विकास केन्द्र नेपालको अध्यक्षमा शिवराज अधिकारी सर्वसम्मत भएका छन् । विकास केन्द्रको शनिबार पोखरामा भएको ११ औं वार्षिकोत्सव तथा अधिवेशनबाट अधिकारी चुनिएका हुन् ।
उपाध्यक्षमा गायत्री फुयाल, सचिव निर्मला कार्की र कोषाध्यक्षमा लीलावल्लभ पोख्रेल निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य शिवराज भण्डारीले बताए । विकास केन्द्रका २ सदस्यमा केदार धमला र गोकर्ण तिवारी छन् ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले २१ औं शताब्दीमा कुनै पनि नागरिक अभावमा मर्नु नहुने बताईन् । नेतृ गुरुङले विकास केन्द्रको अवधरणा अति नै सकारात्मक भएको टिप्पणी गर्दै देशभर यस्तो योजनाअघि सार्नु पर्ने बताइन् । केन्द्रका अध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव गायत्री फुयाल, समाजसेवी रामप्रसाद अधिकारी, विष्णु कार्की, सुरेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए ।
भेलामा भावी कार्यदिशा, योजना तथा अनुगमनको विषयमा छलफल भएको थियो । विकास केन्द्रले समाजमा हुने विभेद अन्त्य गर्ने, राजनीतिभन्दा माथि उठेर सेवा भावले कार्य गर्ने जनाएको छ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया