पोखरामा दुई हजार १५० मेट्रिक टन मल वितरणको लक्ष्य

गण्डकी ।
पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा महानगर क्षेत्रका किसानलाई नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल दुई हजार एक सय ५० मेट्रिक टन वितरण गर्ने लक्ष्य राखेको छ ।
महानगरपालिकाभित्र मलको बिक्री वितरणका लागि ७० केन्द्र सूचीकृत गरिएको र अघिल्लो वर्षको खपत अवस्था हेरेर यस आवका लागि लक्ष्य निर्धारण गरिएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । गत आर्थिक वर्षमा पोखरामा युरिया, डिएपी र पोटास गरेर एक हजार नौ सय ७७ दशमलव ६५ टन मल खपत भएको थियो ।
त्यसमध्ये युरिया एक हजार दुई सय २१ दशमलव ७५ टन खपत भएको थियो । त्यस्तै डिएपी छ सय ६३ दशमलव ८५ टन, पोटास ३९ दशमलव ९५ टन र कृषि चुन दुई दशमलव एक टन खपत भएको थियो । मलको डिपोदेखि बिक्री केन्द्रसम्मको दूरीका आधारमा २५ किमिसम्म युरिया प्रतिकिलो रु १९ दशमलव ४५ देखि २१ रुपैयाँ पाँच पैसासम्म निर्धारण गरिएको छ ।
त्यस्तै डिएपीको रु ४८ दशमलव ४५ देखि ५० रुपैयाँ पाँच पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ पाँच पैसासम्म तोकिएको कडरियाले जानकारी दिए । मल बिक्रेताले प्लास्टिक झोलाको मूल्य प्रतिकिलो थप रु दुईसम्म लिनसक्ने व्यवस्था गरिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया