लेकसाइडको किङ्स लाउन्ज बन्द गर्न आदेश

काठमाडौं ।
उद्योग विभागले पोखरा लेकसाइडको किङ्स लाउन्ज बन्द गर्न आदेश दिएको छ । काठमाडौंको किङ्स लाउन्जको लोगो र नाम चोरेको आरोपमा मुद्दा परेको थियो । काठमाडौंको दरबार मार्गमा रहेको द किङ्स लाउन्ज एन्ड पब प्रालिको ट्रेडमार्क प्रयोग गरी पोखरामा सञ्चालन गरिएको भनी किङ्स लाउन्ज लेकसाइड बन्द गर्न विभागले आदेश दिएको हो ।
काठमाडौं किङ्स लाउन्जले आफ्नो हूबहू नक्कल गरी लोगो, नाम र लेबलसहितको ट्रेडमार्क प्रयोग गरी पोखरामा किङ्स लाउन्ज सञ्चालन गरेको आरोप लगाएको थियो ।
उसले ‘नेपालमा दर्ता रहेको ट्रेडमार्कको अधिकार एवं ख्यातिको संरक्षण गर्न पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १९ बमोजिम विभागमा मुद्दा हालेको हो । ‘पोखराको किङ्स लाउन्जले बाटोको म्यादसमेत गरेर २१ दिनमा केही प्रमाण भए पेस गर्न सक्छ । नत्र, पोखराको किङ्स लाउन्ज सञ्चालन गर्न पाउँदैन,’ विभागको कानुन शाखाका प्रमुख दीपक घिमिरेले भनेका छन् ।







सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया