खर्च विवरण नबुझाउने उम्मेदवारलाई राहत
समाधान संवाददाता
२०८० साउन १६ गते १०:४८

पोखरा ।
उच्च अदालत पाटनले निर्वाचन खर्चको विवरण नबुझाएकोमा जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगराउन आदेश जारी गरेको छ । न्यायाधीश ऋषि राम दवाडीको एकल इजलासले सोमबार यस्तो आदेश दिएको हो । यस सम्बन्धमा अदालतले दुवै पक्षलाई आगामी साउन २२ गते छलफलका लागि बोलाएको आदेशमा उल्लेख छ ।
आयोगले निर्वाचन खर्चको विवरण नबुझाएको भन्दै १५ हजार रुपैयाँ जरिवाना तोकेपछि रास्वपाका सांसदहरु सोबिता गौतम, विराजभक्त श्रेष्ठ, शिशिर खनाल र गणेश पराजुलीले उच्च अदालतमा रिट दायर गरेका थिए । रिटको सुनुवाइपछि अदालतले आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन आदेश दिएको हो ।
सम्बन्धित








गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
पोखरा कलेजमा तालिम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया