पोखरा–जोमसोम हवाई सेवा १५ दिनका लागि बन्द हुने

सुन्दरकुमार थकाली
मुस्ताङ
मुस्ताङको जोमसोम बिमान स्थल स्तरोन्नति कार्यमा बाधा पुग्ने भएपछि पोखरा –जोमसोम सिधा हवाई सेवा १५ दिनका लागि बन्द गरिने भएको छ । जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख भानुभक्त कोईरालाकाका अनुसार शनिवार देखि सुरु हुने धावनमार्ग कालोपत्रे बिस्तारका लागि हवाई सेवा बन्द गर्नु परेको हो ।
जोमसोम स्थलको धावनमार्ग स्तरोन्नति तथा आवश्यक पूर्वाधार निर्माणका लागि एपेक्स कन्ट्रक्सनले ८ करोडमा निर्माणको जिम्मा लिएको हा । निर्माण कम्पनीका प्रतिनिधि सकबहादुर लालचनका अनुसार जोमसोम बिमानस्थलको धावनमार्ग अस्पाल प्रविधि मात्र कालोपेत्र गरिने बताए । करिव ८ सय १५ मिटर धावनमार्गको सम्याएर गे्रड मिलाईएको २ सय ३० मिटरमा क्षेत्रफलमा ७ दशमलब ५ से।मी। कालोपत्रे र साविकको धावनमार्गमा ५ से।मी। कालोपत्रे हुने एपेक्स प्रतिनिधि लालचनले जानकारी दिए ।
नेपाल नागरिक उड्यन प्राधिकरण बिभागले धावनमार्ग सुधारका साथै धावनमार्गको एप्रोन बिमान पार्किङ९टेक्सी वे ०,बिमान स्थलमा उठेको भागको गेड मिलाउने,पर्खालसहितको तारबार फिनिसिङ गर्ने,धावनमार्गको दायाबाया दुबैतर्फ ढल निर्मार्ण९साईड ड्रेन ०को मर्मत सुधार गर्ने र बिमान जोडिएको कालिगण्डकी किनारामा नदी नियन्त्रण तटबन्ध निर्माणको काम थालेको हो ।
बिमान स्थलको काम ६० प्रतिशत सम्पन्न भईसकेको एपेक्स कन्ट्रक्सनका ईन्जिनीयर लालध्वज लामाले जानकारी दिए । उनका अनुसार बिमान स्थल स्तरोन्नतिकार्य २०७५ साल माघ महिनामा गर्ने भनीएपनि हिमपातका कारण २ महिनापछि सरेको हो । उनले बिमानस्थल सुधारको काम तिब्र गतिमा संञ्चालन भईरहेको र चाल आर्थिक वर्षभित्र संम्पूर्णकार्य सकिने जानकारी दिए ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया