माउन्ट अन्नपूर्ण माविमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

पोखरा ।
माउन्ट अन्नपूर्ण मावि नदीपुर पोखरा–३ ले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाईस्वागत कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा नेपाल टुरिजम बोर्डका भूतपूर्व सदस्य तथा पर्यटन व्यवसायी वासु त्रिपाठीले पर्यटन व्यवसायको यो स्थानसम्म आइपुग्न आफूले गरेका संघर्ष र झेलेका चुनौतीका विषयमा केही अनुभवहरू राखे ।
विद्यालय संस्थापक एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले विद्यार्थीहरूले किताबी कोरा ज्ञानबाट माथि उठेर आफूमा अन्तर्निहित क्षमताको विकासमा जोड दिन आग्रह गरे । विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले विद्यार्थीहरुलाई स्वागत गर्दै माउन्ट अन्नपूर्ण एक उत्कृष्ट शैक्षिक संस्था भएकाले आफ्नो छनोटमा विद्यार्थीले गर्व गर्नुपर्ने धारणा राखे ।
माउन्ट अन्नपूर्ण माविका होटल म्यानेजमेन्ट संकाय प्रमुख विकास गुरुङले विभिन्न उदाहरण सहित होटल म्यानेजमेन्टमा अनगन्ति अवसरहरू भएको जानकारी दिए । कक्षा १२ का विद्यार्थीद्वारा आयोजित विविध मनोरञ्जनात्मक तथा साँस्कृतिक प्रस्तुतिले कार्यक्रममा थप रौनकता थपेको थियो।
कार्यक्रमको अध्यक्षता गर्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष सुरजप्रकाश प्रधानांगले नवआगन्तुक विद्यार्थीहरुले आजको प्रतिस्पर्धात्मक युगमा आफ्नो भविष्य उज्ज्वल बनाउन कडा मिहिनेत गर्नुपर्ने विचार राखे ।
कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय समीक्षा सिपाली र सुजन आचार्यले गरेका थिए । कार्यक्रम पोखरा लेकसाइडमा अवस्थित होटल पौवामा सम्पन्न भएको थियो ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया