जन्माष्टमीमा भजन चुड्का प्रतियोगिता

पोखरा ।
शुक्ला साहित्य प्रतिष्ठानले श्रीकृष्ण जन्माष्टमीको अवसरमा खुला कृष्ण भजन चुड्का प्रतियोगिता गर्ने भएको छ । विगत २४ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको प्रतियोगिता गत ३ वर्ष कोभिड महामारीका कारण रोकिएकोमा यस वर्षदेखि पुन सञ्चालन गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष हरि बरुवालले जानकारी दिए ।
आउँदो भदौ २० गते बाटुलेचौर मैदानमा आयोजना गरिने प्रतियोगितालाई व्यवस्थित रुपमा सम्पन्न गर्न प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष दुर्गादेवी बस्नेतको संयोजकत्वमा मूल आयोजक समिति, अध्यक्ष हरिबहादुर वरुवालको अध्यक्षतामा कार्य सम्पादन समिति र विभिन्न १० वटा उपसमिति गठन गरिएको छ ।
आर्थिक उपसमिति संयोजकमा कुलबहादुर खत्री, कार्यालय व्यवस्थापनमा दीपेन्द्र बानियाँ, अनुगमनमा ईन्दु भट्टराई, मञ्च व्यवस्थापन तथा सजावटमा मोहनकुमार सुनार, स्वयंसेवक परिचालनमा सञ्जय बस्नेत, अतिथि स्वागत तथा सत्कारमा गीता भट्टराई भण्डारी, प्रचारमा सञ्जय थापा, प्राथामिक उपचारमा दुर्गा केसी थापा, खाजा व्यवस्थापनमा रुपा केसी र भजन टोली समन्वय उपसमितिमा हरिबहादुर बरुवाललाई संयोजक तोकिएको प्रतिष्ठानले जनाएको छ ।
गठित मूल समिति र विभिन्न उपसमितिले कार्यक्रमलाई व्यवस्थित गर्न आन्तरिक तयारी सुरु गरेको सचिव दीपेन्द्र बानियाँले बताए । भगवान श्रीकृष्णको महिमा र लोप हुने अवस्थामा पुगेको भजन संस्कृतिलाई बचाई राख्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको संयोजक दुर्गा बस्नेतले बताइन् ।
प्रतियोगिता सम्पन्न गर्न करिब १३ लाख २५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान छ । उक्त रकमका लागि विभिन्न संघसंस्थासँग समन्वय गरिएको र आर्थिक संकलनलाई तिव्रता दिइएको आर्थिक उपसमिति संयोजकमा कुलबहादुर खत्रीले जानकारी दिए । २०४५ सालमा स्थापना भएको प्रतिष्ठानले पोखरामा साहित्य, कला र संस्कृतिका क्षेत्रमा काम गर्दैै आएको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया