
जोमसोम—हिन्दु तथा बौद्ध धर्मालम्वीहरुको साँझा धार्मिक स्थल मुस्ताङको मुक्तिनाथ मन्दिरमा संकलन गरिएको रकम बिहिबार सार्वजनिक गरिएको छ ।
मुक्तिनाथ विकास समितिका अध्यक्ष प्रजिअ अनुप केसीको अध्यक्षतामा संघ तथा प्रदेशका बर्तमान तथा पूर्व सांसद ,स्थानीय जनप्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरुको उपस्थितीमा मुक्तिनाथ विकास समितिको बैशाख ३० गतेसम्मको नगद मौज्याद सार्वजनिक गरिएको हो ।
मुक्तिनाथ विकास समितिको जोमसोम रहेको विभिन्न ५ वटा वित्तिय संस्थामा ७ करोड ८४ लाख ६९ हजार मौज्याद रहेको बताईएको छ । यस्तै समितिलाई श्रद्धालु चन्दादाताबाट प्राप्त भएको भारतीय तथा अन्य मुद्धा भने केही सटही भएका छन् भने केही सटही हुन नसकेको जनाईएको छ ।
मुक्तिनाथ विकास समितिले पेश गरेको आर्थिक विवरण सार्वजनिक गर्ने क्रममा समितिको विभिन्न ५ वटा वित्तिय खाता संञ्चालनमा छन् ।समितिका अध्यक्ष एवं प्रजिअ अनुप केसीका अनुसार मुक्तिनाथ विकास समितिको नाममा नेपाल बैंकमा ११ लाख ८३ हजार, प्रभु बैंकमा २ करोड ४० लाख ९० हजार, कृषि विकास बैंकमा १ करोड ७९ लाख ६१ हजार, माछापुच्छ«े बैंकमा १७ हजार ४५१ र सांग्रिला डेभलमेन्ट बैंकमा ३ करोड ५२ लाख १६ हजार आर्थिक मौज्याद रहेको हो । उक्त रकम बैंकमा दाखिला भएको र ब्याज समेत जोडिएको हो ।
यसैगरी मुक्तिनाथ विकास समितिको नाममा मन्दिर परिसरमा राखिएको ५ वटा दानपेटिकामा जेठ र असार महिनामा दुई पटक गरी १७ लाख ८६ हजार ५३३ भारतीय रुपैया संकलन भएको थियो । जसमध्ये ४ लाख ३० हजार एकसय भारतीय रुपैया सटही भएको छ भने १३ लाख ५६ हजार ५३३ भारतीय रुपैया सटही हुन बाँकी रहेको प्रजिअ केसीले जानकारी दिए ।
समितिको नाममा संकलन भएको अन्य विदेशी मुद्रा सटही हुन नसकेको बताईएको छ । विदेशी मुद्राहरु अमेरिकी डलर, युरो, मलेसियन रिंगेट, क्यानेडियन डलर, सिंगापुर डलर, भुटानीज नेगुकट्रम, कतारी रियल ,कोरियन वोन र हङकङ डलर सटही हुन नसकेको हो ।
मुक्तिनाथ विकास समितिले सटही हुन नसकेको विदेशी मुद्रा जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई जिम्मा लगाएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया