पोखरामा रास्वपा अन्तर फुटसलको उपाधिः ‘कास्की क्षेत्र नम्बर १ को समूह ए’लाई

पोखरा ।
पोखरामा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको फुटसल प्रतियोगितको उपाधि ‘कास्की क्षेत्र नम्बर १ को समूह ए’ले हात पारेको छ । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको कास्कीका निर्वाचन क्षेत्र समितिको संयुक्त आयोजनामा पोखराको मुस्ताङ चोक स्थित ‘फुटसल मुस्ताङ’मा भएको प्रतियोगितामा कास्की क्षेत्र नम्बर १ को समूह ए’ले उपाधि हात पारेको हो ।
उपाधि हात पार्नेमा सौरभ त्रिपाठी, कृष्ण जिसी, आकाश रानाभाट, बादल रानाभाट, नारायण रानाभाट, जयराम ओझा र अभिषेक थापा हुन् । यस्तै, प्रतियोगितमा ‘कास्की क्षेत्र नम्बर ३ को समूह ए’ दोस्रो भएको छ । दोस्रो हुनेमा टेकराज सापकोटा, विशाल लामिछाने, राजकुमार दाहाल, आशिष कुँवर, सुनिल अधिकारी, सागर अधिकारी र आशिष केसी हुन् । पहिलो र दोस्रो हुने दुवै टिमले ट्रफी, मेडल र पुरस्कार हात पारेका छन् ।
प्ले फर फेलोसिप अन्र्तर क्षेत्र सम्पन्न भएको फुटसद प्रतियोगितामा राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी पदाधिकारी र साधारण सदस्य सहभागी थिए । प्रतियोगितको प्रमुख अतिथि रास्पाका प्रतिनिधि सभा सदस्य शिव नेपालीले गरेका थिए । कास्कीका तीन वटा निर्वाचन क्षेत्रबाट ८, महानगर र प्रदेशबाट १÷१ वटा गरी १० टोली प्रतियोगितमा सहभागी भएका हुन् । प्रतियोगिताका मिडिया संयोजक तथा कार्यक्रम सञ्चालक श्रीकृष्ण न्यौपानेलेका अनुसार वेस्ट गोल किपर प्रदेश टिमका सुरेशचन्द्र अधिकारी, बेष्ट कोच सुजन बस्ताकोटी र बेष्ट प्लेयर विजेता टोलीका अभिषेक थापाले पाएका हुन् । यस्तै पाेखरा महानगरपालिकाले फेर प्ले अर्वाड पाएकाे छ । प्रतियोगितामा रेफ्री भूमिकामा प्रविन गुरुङ, मनोज आले थिए ।
प्रतियोगितमा कास्की क्षेत्र नम्बर १ मा सुजन बस्ताकोटी, क्षेत्र नम्बर २ मा दीपेन्द्र पोखरेल र क्षेत्र नम्बर ३ मा सोमनाथ अधिकारीसँग समन्वय गरेका थिए । यस्तै, महानगरबाट प्रतिनिधित्व गर्ने टिमले नारायण आचार्य र प्रदेशको टिमले नवीन त्रिपाठीले समन्वय गरेका हुन् । कार्यक्रममा गण्डकी प्रदेश इन्चार्ज झाविलाल डुम्रे, प्रशिक्षक विभाग सदस्य माधव कँडेल उपस्थित थिए ।
याे पनि











पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया