सरकारले विकासको प्राथमिकता छुट्याउन सकेनः रामचन्द्र पौडेल

कृष्ण न्यौपाने
दमौली
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासको प्राथमिकता छुट्याउन नसकेको बताएका छन् । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत तनहुँ जिल्लामा सञ्चालित पहिलो चरणको १ महिने कार्यक्रमको शनिबार दमौलीमा समापन गर्दै वरिष्ठ नेता पौडेलले सरकार कुहिरोको काग जस्तै भएको आरोप लगाए ।
सरकार गठन भएको लामो समय बितिसक्दा समेत सरकारले विकासका केही पनि काम गर्न नसकेको वरिष्ठ नेता पौडेलले बताए । विकास र समृद्धिको मेरुदण्ड लोकतन्त्र र सुशासन भएकोमा जोड दिँदै वरिष्ठ नेता पौडेलले अहिले देशलाई लोकतन्त्र र सुशासनको आवश्यकता परेको बताए । उनले भने, ‘लोकतन्त्रले पारदर्शितालाई बलियो बनाउँछ र सुशासनले विकासका कामलाई तीव्रता दिन सहयोग पुर्याउँछ, तर सरकारको गतिविधिका कारण यी दुवै कुरा प्राप्त हुने जटिल भइरहेको छ ।’
कांग्रेसको नीतिले गर्दा मुलुक आज यो अवस्थामा आइपुगेको दावी वरिष्ठ नेता पौडेलले दावी गरे । गाउँमा नै बसौ बसौ बनाउने काङ्ग्रेसको अभियान अझै पूरा हुन नसकेको बताउँदै वरिष्ठ नेता पौडेलले गाउँमा नै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सके मानिस गाउँबाट पलायन नहुनेमा जोड दिए ।
जनतालाई साथमा लिएर कांग्रेसले भ्रष्टाचार र कुशासनविरुद्धको आन्दोलन सुरु गर्ने बताउँदै वरिष्ठ नेता पौडेलले त्यसका लागि जनता जागरुक हुनुपर्ने बेला आएको बताए । सरकारका गतिविधिबारे जानकारी गराउन र कांग्रेसका कार्यकर्तामा जागरण ल्याउने उद्देश्य सहित आयोजना गरिएको पहिलो चरणको अभियान सफलतापूर्वक सम्पन्न भएको बताउँदै वरिष्ठ नेता पौडेलले दोस्रो चरणको अभियान अझ सशक्त रुपमा सञ्चालन गरिने बताए ।
उनले भने, ‘दोस्रो चरणको अभियान प्रचारमुखी होइन संगठनमुखी हुनुपर्छ । तल्लो तहदेखि नै कांग्रेसलाई मजबुद बनाउने सशक्त अभियान दोस्रो चरणमा आउँदैछ ।’
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले देशको नेतृत्व गर्न सक्ने सक्षम पार्टीको रुपमा कांग्रेस पुनर्जीवित हुने बताए । उनले कांग्रेस पुरानै अवस्थामा फर्कने दाबी गर्दै कांग्रेसभित्रको कमजोरी सच्याउँदै एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए । वैशाख २५ गतेदेखि सुरु जागरण अभियान अन्तर्गत तनहुँका १० वटै स्थानीय तहमा कार्यक्रमहरु सम्पन्न भएको थियो ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया