रवीन्द्रलाई ऋषिलीला पत्रकारिता पुरस्कार

समाधान संवाददाता २०८० साउन २१ गते ११:१३

पोखरा ।

ऋषिलीला पत्रकारिता पुरस्कार २०८० लेखक रवीन्द्र माकाजूलाई प्रदान गरिने भएको छ । पोखरा वृद्धाश्रमबाट सञ्चालित यो पुरस्कारको राशि नगद २५ हजार र सम्मानपत्र छ । वृद्धाश्रमको आगामी भदौ ९ गते हुने २७ औं वार्षिक साधारणसभामा यो पुरस्कार अर्पण गर्ने कार्यक्रम छ ।


लेखक माकाजूका पाँच दर्जनभन्दा बढी कृति प्रकाशित छन् । ज्येष्ठ नागरिकको हकहितबारे कलम चलाउने लेखक/पत्रकारलाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ । यो पुरस्कारबाट यसअघि चट्याङ मास्टर, हरि बास्तोला र दीपेन्द्र श्रेष्ठ सम्मानित भइसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया