धरम र केबीलाई मनसुन कप

समाधान संवाददाता २०८० साउन २१ गते १२:४६

पोखरा ।
मनसुन कप डबल्स टेनिस प्रतियोगिताको उपाधि धरमसिंह लामिछाने र केबी तामाङको जोडीले हात पारेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा ननीन श्रेष्ठ र ईन्द्र गुरुङको जोडीलाई पराजित गर्दै धरम र केबीले उपाधि हात पारेका हुन् ।

Advertisement


पहिलो सेटको खेलमा सुपर टाइमा ८–१० ले पराजित भएको धरम र केबीको जोडी दोस्रो र तेस्रो सेटमा खेल आफ्नो पक्षमा पार्न सफल बन्यो । यो जोडीले दोस्रो सेटमा ६–० को सहज जित निकाल्यो भने तेस्रो सेट सुपर टाइमा १०–४ ले आफ्नों पक्षमा बनायो ।


टेनिस प्रतियोगितामा राज गुरुङ इनर्जेटिक खेलाडी बने । विजयी खेलाडीलाई नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, प्रतियोगिता संयोजक वीरेन्द्र लामा, संस्थाका सल्लाहकार गोपी भट्टराई लगायतले पुरस्कार वितरण गरे ।


कार्यक्रममा नेपाल टेनिस संघका उपाध्यक्ष कायस्थले मोफसलमा हुने यस्तै प्रतियोगिताले उत्कृष्ट खेलाडी उत्पादनमा योगदान गर्ने उल्लेख गरे । अहिले चीनमा हुने एसियाडका लागि छानिएका पोखरेली २ खेलाडी तालिमका लागि विदेशमा छन् । कायस्थले अभिषेक बाँस्तोला स्पेनमा र प्रदीप खड्का बैङलोरमा तालिमा लागि गएको जानकारी दिए । कार्यक्रम कास्की जिल्ला टेनिस संघ उपाध्यक्ष राजु गुरुङको अध्यक्षमा भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया