मनाइयो २९ औं आदिवासी दिवस

पोखरा ।
पोखरामा २९ औं विश्व आदिवासी दिवसको अवसरमा ‘अबको राष्ट्रनिधि राष्ट्रिय नीति आदिवासी भूमि भाषा ज्ञान सीप संस्कृतिको पुर्नजागृति’ विषयक अन्तरक्रिया भएको छ । लोकोत्तर लोकवादी विचार अभियान, नाङसाल तामाङ सेवा समाज, ल्हस्यो ह्याङ्ला संस्कृति समाज तथा नाङसाल मिडिया प्रालिले संयुक्त रुपमा कार्यक्रम आयोजना गरी आदिवासी दिवस मनाएका हुन् ।
अन्तरक्रियामा गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङले विश्वभर रहेका आदिवासी तथा जनजातिहरु एक हुन आवश्यक रहेको बताइन् । उनले नेपाल बहुभाषिक, बहुसांस्कृति तथा बहुधार्मिक देश भएकाले सम्पूर्ण समुदाय निर्णायक तहमा पहुँच स्थापना हुनुपर्ने धारणा राखिन् ।
प्रदेश सांसद तामाङले पछिल्लो समय मगर, तामाङ तथा मुस्लिम समुदायमाथि अव्यवहारिक टिप्पणी गर्ने अधिवक्ता भगवती पाण्डे (शितल) लाई कारवाही गरिनुपर्ने माग गरिन् । उनले सो विषय गण्डकी प्रदेशको सदनमासमेत उठाउने प्रतिवद्धता तामाङले जनाएकी छन् । उनले कुनैपनि जाति विशेष लान्छना लगाउने र जातिय सद्भाव भड्किने खालका अभिव्यक्ति दिन नहुने बताइन् ।
नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङले ‘अबको राष्ट्रनिधि राष्ट्रिय नीति आदिवासी भूमि भाषा ज्ञान सीप संस्कृतिको पुर्नजागृती’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा भूमी आयोगको विज्ञ सदस्य सोम नेपाली, तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त तामाङ, लोक सम्पदा अनुसन्धान अभियानको अध्यक्ष याम घर्तीमगर, सामाजिक अभियन्ता निर्मल जिसी, तमु ह्युला छोज धि गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य रुद्रबहादुर गुरुङ, चन्द्र ग्याबक तामाङ (मुस्कान) लगायतले बोलेका थिए । कार्यक्रम प्रेम तामाङको अध्यक्षतामा भएको हो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया