रामबजारमा उद्घोषण तालिम

समाधान संवाददाता २०८० साउन २१ गते १३:५९

पोखरा ।
नेपाल मगर महिला संघ रामवजार पोखराको आयोजना, नेपाल मगर युवा संघ रामबजार इकाई समितिको संयोजनमा नेपाल मगर संघ रामबजार इकाई समितिको भवन रामबजार १५ पोखरामा उद्घोषण, भाषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।


तालिमको समापन समारोहमा बोल्दै नेपाल मगर संघ रामबजारका संस्थापक अध्यक्ष एवं सल्लाहकार कर्णबहादुर राना मगरले तालिमपछि प्रशिक्षार्थीहरुले निर्धक्क भाषण र कार्यक्रम सञ्चालन गर्न सक्षम भएकोमा खुसी व्यक्ति गरे ।


विशेष अतिथि संस्थापक कोषाध्यक्ष एवं सल्लाहकार क्या.बेनबहादुर आले मगरले यो तालिमले प्रशिक्षार्थीहरुमा सकरात्मक ऊर्जा भरी अगाडि बढाउन सफल भएको बताए । नेपाल मगर युवा संघ रामबजार इकाईका अध्यक्ष दिलु विकट्टा मगरले यो तालिम अति प्रभावकारी भएकाले आगामी दिनमा पनि निरन्तरताको आवश्यकता औंल्याए ।

Advertisement


कार्यक्रममा नेपाल मगर संघ रामवजार ईकाइ समितिका कार्यवाहक अध्यक्ष अमर राना मगर, सचिव रेनु थापा मगर, मगर युवा संघ रामबजार इकाईका निवर्तमान अध्यक्ष ओमविकट्टा मगर, मगर महिला संघ रामवजारकी पूर्वअध्यक्ष दानकुमारी थापा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम प्रशिक्षार्थीहरु सु. भीमबहादुर थापा मगर, कल्पना थापा मगर, सु. महेशकुमार थापा मगर लगायतले सञ्चालन गरेका थिए भने प्रशिक्षार्थीहरुले प्रमाणपत्र ग्रहण गर्दै सिकाइका अनुभव सुनाएका थिए । उपाध्यक्ष विष्णु थापा मगरले स्वागत मन्तव्य राखेको समापन कार्यक्रम आयोजक संस्थाका अध्यक्ष लक्ष्मी थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । ४५ जना सहभागी तालिममा सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीले सहजीकरण गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया