मानव बेचबिखन आरोपितलाई थप ५ दिन थुनामा राख्ने अनुमति

कास्की ।
दुईजना बालिका र एकजना महिलालाई कामदारको रुपमा राखी यौन व्यवसायमा संग्लग्न गराई यौन शोषण गर्दै आएको आरोपमा पक्राउ परेकी ३७ वर्षीया पार्वती काराखेतीलाई जिल्ला अदालत कास्कीले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
साउन १८ गते पक्राउ परेकी काराखेतीलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार अनुमति दिएको हो । पोखरा महानगरपालिका– ८ सिर्जनाचोकमा काराखेतीले खाजा घर सञ्चालन गरी बालिकाहरु र महिलालाई यौन कार्यमा संलग्न गराएको भनी जिल्ला प्रहरी कार्यालय कास्कीले १८ गते पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले काराखेतीलाई ५ दिन हिरासतमा राखेर प्रारम्भिक अनुसन्धान गर्न अनुमति लिएले जानकारी दिए ।
बालिकाहरु र महिलालाई उद्धार गरी अनुसन्धान गर्दा खाजा घर सञ्चालिका काराखेतीले आफूहरुको इच्छा विपरीत यौन कार्यमा संलग्न गराउने गरेको प्रहरीलाई बयान दिएका छन् । पीडित बालिका र महिलाले अनावश्यक रुपमा मानसिक यातना दिने गरेको र यौन धन्दामा लगाउने गरेको उजुरीका आधारमा प्रहरीले काराखेतीलाई पक्राउ गरेको हो ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया