‘हो कि होइन जूनकीरी’ ल्याउँदै अम्बिका

समाधान संवाददाता २०८० साउन २२ गते ११:०६

पोखरा ।
लोकगायिका अम्बिका भण्डारी नयाँ तीजगीतको तयारीमा छिन् । केही सालदेखि हरेक तीजमा नयाँ गीत बजारमा ल्याउने गरेकी भण्डारी यसपालि ‘हो कि होइन जूनकीरी’ बोलको गीतको तयारीमा छिन् ।

Advertisement


ऊर्जा, शक्ति राजै नमरे मनमा
फेरि सुखी राजै पलाउँछ जीवनमा


यस्तै यस्तै शब्द रहेको गीतले जीवनमा आशावादी बन्नुपर्ने सन्देश दिएको छ । ‘अहिलेको समयमा जस्तोसुकै दुःख भए पनि सामना गनुपर्छ, दुःखले बाच्न सिकाउँछ,’ गीतकारसमेत रहेकी भण्डारी भन्छिन्, ‘यसअघिका गीतमा आमाबा, गाउँ, साथीसँगीलाई सम्बोधन गरेकी थिएँ, यसपालि अहिले मान्छेले भोगिरहेको समयलाई उतार्न खोजेकी छु ।’ गीतमा स्वर र लयसमेत उनैको छ ।


बासुरी स्टुडियो पोखराले तयार गरेको म्युजिक भिडियो एजेन्ज दिवश थापामगरले गरेका छन् । पोखरेली माग्ने बुढा (युवराज भण्डारी)ले निर्देशक गरेको भिडियो छायाँकन सुशील अधिकारी र सम्पादनको युवराज अधिकारीले गरेका हुन् । कलाकार धर्मदत्त दाहालको अभिनय रहेको गीतमा कुलमाया क्षेत्री, करुणा भण्डारी, विष्णुमाया पराजुली, सविना सुवेदी, मिस्मा थापामगर, रश्मि भण्डारी लगायतले नृत्य गरेका छन् ।


केही दिन गीत बजारमा आउने अम्बिकाले बताइन् । यसअघि उनका २ दर्जन तीजगीत बजारमा आइसकेका छन् । संसार छाडी गयौं आमा, आऊ नाचौं दिदीबहिनी, सुखी राख्छौ बाबा तिम्लाई, माइती देशै झलल, हाम्रो माइती घर, उही वनपाखामा, आँठा आँठा छेकेर लगायतका उनका तीजगीत लोकप्रिय छन् । साहित्यकारसमेत रहेकी अम्बिकाका मुक्तक १, कविता संग्रह २ र खण्डककाव्य १ गरी ४ पुस्तक प्रकाशित छन् ।

Advertisement

तपाईको प्रतिक्रिया