हस्पिटालिटीलाई सर्वनाम सफ्टवेयर

समाधान संवाददाता, बुटवल
सर्वनाम सफ्टवेयर प्रालिले सर्वनाम कम्पिलिट होटल म्यानेजमेन्ट सिस्टम सफ्टवेयर ल्याएको छ । कम्पनीले शुक्रबार तिलोत्तमा उक्त सफ्टवेयरको लन्च गरेको हो । कम्पनीका संस्थापक तथा निर्देशक नवीन गौतमको अध्यक्षताको कार्यक्रममा होटल व्यवसायी संघ नेपालका केन्द्रीय सदस्य तथा सिद्धार्थ होटल एसोसियसनका अध्यक्ष सिपी श्रेष्ठले सफ्टवेयर सार्वजनिक गरे ।

निर्देशक गौतम, बजार प्रवद्र्धक अनील बोहरा र संस्थापक तथा प्राविधिक निर्देशक सञ्जय त्रिपाठीले सफ्टवेयरका विशेषता, फाइदा र महत्वबारे जानकारी गराए । निर्देशक ले भने, ‘स्वदेशमै केही गरौं भन्ने सोचले हामी युवाकोे अथक प्रयासमा रोजगार, पर्यटन र आर्थिक क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले सफ्टवेयर निर्माण गरेका हौं । यो सफ्टवेयरबाट होटल व्यवस्थापनमा महत्वपूर्ण सहयोग हुनेछ ।’ त्रिपाठीले सफ्टवेयरले होटलको रिसेप्सनदेखि एकाउन्ट, किचन र पार्किङदेखि पूर्णतया व्यवस्थापनमा सहयोग पुर्याउने बताए । काठमाडौंमा मुख्य कार्यालय रहेको उक्त कम्पनीमा ४० जना कार्यरत रहेको कम्पनीले बताएको छ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया