आँखा शिविरबाट ५२ जना लाभान्वित
समाधान संवाददाता
२०८० साउन २४ गते १५:०५

पोखरा ।
अटोवेज प्रालीको आयोजनामा बुधबार जारी आँखा शिविरबाट ५२ जनाले सेवा लिएका छन् । मणिपाल अस्पतालको सहकार्यमा नयाँजारस्थित अटोवेजको भवनमा निशुल्क आँखा शिविर भएको हो ।
शिविरमा ७ जनामा आँखा पाक्ने रोग देखिएकोे अटोवेजका व्यवस्थापन सुचना अधिकारी श्रीकृष्ण पराजुलीले जानकारी दिए । थप उपचारका लागि उनीहरुलाई मणिपाल अस्पताल रिफर गरिएको उनले बताए ।
नयाँबजारमा शिविर शुक्रबार सम्म चल्ने छ भने साउन २९ गते लेखनाथस्थित गण्डकी बहु प्राविधिक शिक्षालयमा र साउन ३० गते लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयमा शिविर संचालन हुनेछ ।
शिविरमा सहभागीले आँखाको उपचारमा मणिपाल अस्पतालमा १० देखि १५ प्रतिशत सम्म छुट पाउन सक्ने पराजुललीले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया