शिशुवाकाे संंक्रामक अस्पतालमा डायलायसिस सेवा

लेखनाथ ।
संक्रामक तथा सरुवा रोग अस्पतालले मिर्गाैला पीडित बिरामीका लागि डायलायसिस सेवा सुरु गरेको छ । गण्डकी प्रदेशका मिर्गाैला रोगीलाई सहज सेवा दिने उद्देश्यले प्रदेश सरकारको सक्रियतामा सेवा आरम्भ गरिएको हो ।
गण्डकी प्रदेशका डाइलाइसिस गर्नुपर्ने बिरामीले चर्को सुल्कमा निजी अस्पतालवाट सेवा लिन वाध्य थिए । अब यो अस्पतालमा उनीहरुले सित्तैमा सेवा पाउने छन् । ३ मेसिनबाट दैनिक १२ जनालाई सेवा दिन थालिएको छ । पहिलो चरणमा परीक्षण स्वरुप साउन २२ गतेदेखि प्रत्येक दिन ३ बिरामीलाई सेवा दिइएको डा सन्दीप ओझाले जानकारी दिए ।
नयाँ मेसिन र नयाँ प्रविधिबाट सित्तैमा सेवा पाएपछि भीमबहादुर गुरुङ, सरस्वती पराजुली र मोतीलाल गुरुङले राहत मिलेको प्रतिक्रिया दिएका छन् । सेवा औपचारिक रुपमा सुरु नभए पनि पहिलो चरणमा दैनिक ३ बिरामीको उपचार गर्दै जाने र परीक्षण अवधिपछि फुल फेजमा मेसिनहरु सञ्चालनमा ल्याइने अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचनको भनाइ छ ।








सम्पादकीय—प्रेस स्वतन्त्रताको कसीमा २०२५
सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया