आदिवासी संस्कृति हस्तान्तरण गरौंः उपसभामुख थापा

पोखरा ।
गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले आदिवासी समुदायको संस्कृति जोगाउन युवा पुस्तामा त्यसको हस्तान्तरण जरुरी रहेको बताएकी छन् । २९ औं विश्व आदिवासी दिवसका अवसरमा बुधबार बिहान शुभकामना सन्देश जारी गर्दै उपसभामुख थापाले आदिवासी जनजातिका संस्कृति, भाषा र भेषभूषा लोप हुँदै जान थालेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।
आदिवासी जनजाति समुदायको भाषा, संस्कृति र भेषभूषाले नेपाल सांस्कृतिक रुपमा समृद्ध बनेको उल्लेख गर्दै उनले आधुनिकता र सूचना प्रविधिको तीव्रतर विकासले आदिवासी जनजाति समुदायका परम्परागत भाषा, संस्कृति लोप हुने खतरा बढेको बताइन् ।
आफ्नो मौलिक पहिचानप्रति युवा पुस्ताले गौरव गर्ने वातावरण निर्माण गर्नुपर्ने भन्दै उपसभामुख थापाले राज्यका हरेक निकायमा आदिवासी जनजाति समुदायको सम्मानजनक र न्यायोचित प्रतिनिधित्वका लागि आवश्यक नीति निर्माणमा ध्यान दिनु आवश्यक रहेकोमा जोड दिइन् । शुभकामना सन्देशमार्फत् उपसभामुख थापाले आदिवासी समुदायको मौलिक संस्कृतिको संरक्षण गर्न सरोकारवाला समुदाय र निकायको ध्यानाकर्षण समेत गराइन् ।








कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया