कांग्रेस पोखरा १७ को भेला

पोखरा ।
नेपाली कांग्रेसको केन्द्रीय परिपत्र अनुसार ‘आन्तरिक विषेश अभियान २०८०’ अन्तर्गत नेपाली कांग्रेस पोखरा १७ को वडा भेला शनिबार भएको छ ।
कार्यक्रममा कास्की कांग्रेस सभापति किशोरदत्त बरालले कांग्रेसलाई जनताले भर गर्ने, अनुशासित र बलियो पार्टी बनाउनका लागि सबै विषयलाई स्वास्थ छलफल गर्दै जनपक्षीय रुपमा चलाउनुपर्ने बताए ।
उनले पोखरा १७ मा कुनै विवाद नरहेको स्पष्ट पार्दै ०७९ को तिहारको शुभकामना आदानप्रदानका अवसरमा गरिएको उपस्थितिको माइन्युटलाई अन्य प्रयोजनमा प्रयोग गरिएको भन्दै आपत्ति जनाए ।
सभापति बरालले पार्टीका आधिकारिक फोरममा कुनै पनि प्रस्ताव लैजाँदा विधिवत हुनुपर्नेतर्फ जनाए । उनले पोखरा १७ मा देवराज आचार्य नै आधिकारिक सभापति भएको प्रष्ट पार्दै अन्य भेलामा उपस्थित नहुन र भ्रममा नपर्न अनुरोध गरे । कुनैखालका भ्रममा नपर्न समेत भेलामा उपस्थित सबैलाई दिशानिर्देश गरे ।
प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यले पार्टी कार्यालय स्थापनाका लागि आफूले वडा सभापति आचार्य र जिल्ला सभापति बराललाई रकम दिइसकेको सुनाए । उनले छिट्टै नै वडामा पार्टीको आफ्नै भवन बन्नेमा आफू ढुक्क भएको सुनाए ।
कार्यक्रममा संविधानसभा सदस्य विन्दादेवी आले राना, महासमिति सदस्य कोपिला तिवारी, जिल्ला सदस्य युवक लामिछाने, क्षेत्रीय प्रतिनिधि विमला भण्डारी, नेविसंघका केन्द्रीय सदस्य निर्दाेषविक्रम पौडेल, सचिव प्रेम ढकाल, इकाइ कोषाध्यक्ष कमलकान्त उपाध्याय पौडेलले लगायतले बोलेका थिए ।
वडा सभापति देवराज आचार्यले कार्यक्रममा गतिविधिको प्रतिवेदन पेश गरे । कार्यक्रम सञ्चालन इकाइ सचिव विनम गुरूङले गरेका थिए ।









गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
पोखरा कलेजमा तालिम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया