बनेवा खलः कास्कीमा अशोककै नेतृत्व

पोखरा ।
नेवा खलः कास्की अध्यक्षमा फेरि अशोक पालिखेकै नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चुनिएको छ । अधिवेशनबाट कार्यसमिति, सल्लाहकार तथा आमन्त्रित सदस्यहरु चयन भएका हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा तीर्थ श्रेष्ठ, अर्का उपाध्यक्ष प्रकाशलाल श्रेष्ठ, महासचिव श्रीकृष्ण कतिला, उपमहासचिव भैरवलाल श्रेष्ठ र कोषाध्यक्षमा चन्द्रबहादुर राजभण्डारी छन् ।
सदस्यमा पदेन सदस्यतर्फबाट संगीता बज्राचार्य, वीनित जोजिजु, कृष्णबहादुर श्रेष्ठ, सुशील गोशली र गोपाल बाटाजु छन् । संस्थागत तर्फबाट सन्तोष श्रेष्ठ, हर्कमान शाही र श्रवणलाल जोशी चयन भए ।
परिषदतर्फबाट सदस्यमा शान्तेकुमार श्रेष्ठ र शसरेन्द्र श्रेष्ठ चयन भएको निर्वाचन मण्डलका सदस्य निरञ्जन श्रेष्ठले बताए । अध्यक्षबाट मनोनित भएका सदस्यमा रजनी श्रेष्ठ, विक्रम उदास, शान्तकुमार श्रेष्ठ, रिशभ तिमिला र लीलबहादुर श्रेष्ठ छन् ।
अशोक नेवा खलः कास्कीमा तेस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् । आमन्त्रित सदस्यमा विश्व बिजुक्छे, हरिप्रसाद श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, नन्दलाल श्रेष्ठ, सुविन्द्र श्रेष्ठ, विमल श्रेष्ठ, रोहित बाटाजु, ईश्वर कर्माचार्य, नारायण श्रेष्ठ, थमनारायण श्रेष्ठ, शुद्धव श्रेष्ठ, जयराम श्रेष्ठ, उदयबहादुर अमात्य, अर्जुन ताम्राकार, नरबहादुर श्रेष्ठ, अञ्जु बाटाजु, रत्नदेवी श्रेष्ठ लगायता छन् ।
कार्यक्रममा उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश रमेश राजभण्डारीले आफ्नो कला, संस्कृति र भाषाका लागि निरन्तर लागिरहनुपर्ने बताए । नवनिर्वाचित अध्यक्ष पालिखेले संस्थाका सदस्यहरुको आग्रहलाई स्वीकार अध्यक्ष बनेको जनाए । पालिखेले पोखराको पर्यटनका लागि अब ताल र हिमालमात्रै देखाएर नपुग्ने भएकाले यहाँका संग्रहालय पनि पर्यटकीय गन्तव्य बनाउनुपर्ने विचार राखे ।
कार्यक्रममा महासचिव सुरेन्द्र श्रेष्ठ र कोषाध्यक्ष चन्द्रबहादुर राजभण्डारीले पनि बोलेका थिए ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया