मनोचिकित्सक बने गायक

पोखरा ।
प्राडा निर्मल लामिछाने र ज्योति लोहनीको स्वरमा ‘हाम्री आमा’ बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ । लामिछाने वरिष्ठ मनोचिकित्सक हुन् ।
गीतमा रामप्रसाद पौडेलको शब्द, तारानाथ आचार्यको संगीत, सञ्जीव लामिछानेको भिडियोग्राफी र सुवास आमागाईको सम्पादन छ । म्युजिक भिडियो बिजी हस्पिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
अग्रज लोक गायिका हरिदेवी कोइरालाले म्युजिक भिडियो सार्वजनिक गरिन् । कार्यक्रममा कोइरालाले संगीत र साधनाले जीवनलाई मनोरम र ऊर्जावान् बनाउने जनाइन् । सञ्चारकर्मी ऋषि खतिवडाले हाम्री आमा म्युजिक भिडियोले पुरानो जीवनशैलीको छायाँ छवि दर्शाउँदै समाजमा ज्येष्ठ नागरिकप्रति जिम्मेवार बन्नुपर्ने सन्देश दिएको उल्लेख गरे ।
गायक लामिछानेले सांगीतिक मनोरञ्जनले स्वास्थ्यमा ल्याउने परिवर्तनका विषयमा प्रकाश पारे । कार्यक्रम बुद्धिसागर स्मृति प्रतिष्ठानकी संरक्षक गंगादेवी लामिछानेको अध्यक्षतामा भएको हो ।
तपाईको प्रतिक्रिया