गोरखामा फेला परेको अजिंगर चितवन लगियो

समाधान संवाददाता २०८० साउन २९ गते १३:३१

पोखरा ।
गोरखाको गण्डकी गाउँपालिका ६ भुम्लिचोकको पल्लोटारमा फेला परेको अजिंगर आइतबार चितवनमा लगेर छोडिएको छ । सबडिभिजन वन कार्यालय सिउरेनीटारका प्रमुख वन अधिकृत रविआनन्द गोपाली सहितको टोलीले चितवनस्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा लगेर छोडेको हो ।

Advertisement


फेला पारिएको क्षेत्रमा सुरक्षित बासस्थान नभेटिएपछि चितवनमा लगेर सुरक्षित बासस्थानमा छोडिएको वन अधिकृत गोपालीले बताए । गण्डकी गाउँपालिकाको भुम्लिचोक र चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङ जोड्ने नयाँ बनेको मोटरेबल पुल नजिकै शुक्रबार गोरखा तर्फको कच्ची सडकमा अजिंगर फेला परेको थियो ।


अजिंगर संरक्षित प्रजतिको घस्रने जनावर अन्तर्गत पर्छ । यसलाई उद्धार गरी शनिबार राति भने सबडिभिजन कार्यालय सिउरेनीटारमा राखिएको थियो ।

Advertisement


यो अजिंगर रैथाने हो वा बाढीले बगाएर ल्याएको भन्ने यकिन भएको छैन । वन अधिकृत गोपाली र वनरक्षक अम्बिका शर्माले लौरो र बोराको सहायताले फेला परेको अजिंगरको उद्धार गरेका थिए । स्थानीयले पहिलो पटक त्यस क्षेत्रमा अजिंगर फेला परेको बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया