कविता प्रतियोगितामा अनुषा पहिलो

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना तथा नेपाल जुनियर/युवा रेडक्रस सर्कल जनप्रिय माध्यमिक विद्यालय सिमलचौरको व्यवस्थापनमा कास्की जिल्ला स्तरीय कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा करुणानिधि एजुकेसन फाउन्डेसन (केफ माध्यमिक विद्यालय)की अनुषा पौडेल प्रथम भएकी छन् ।
कास्कीका ३० विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विन्ध्येश्वरी माध्यमिक विद्यालयकी नम्रता विक द्वितीय, पोखरा आदर्श माध्यमिक विद्यालयका संस्कृति सुवेदी तृतीय र अमरसिंह माध्यमिक विद्यालयका प्राञ्जल पौडेलले सान्त्वना पुरस्कार पाएको जुनियर युवा समितिका संयोजक रमेशराज भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय र सान्त्वना हुने विद्यार्थीलाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार र १ हजार नगदसहित प्रमाणप्रत्र प्रदान गरिएको छ । कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ, नेपाल रेडक्रस सोसाइटी कास्की सभापति डण्डराज शर्मा पौडेल, मन्त्री सुरेन्द्र गुरुङ, उपमन्त्री रमा कोइराला, विद्यालय व्यवस्थापन समिति अध्यक्ष परशुराम बराल, शिक्षक नायक श्रीकान्त पौडेल लगायतले बोलेका थिए ।
यस्तै, नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना तथा युवा रेडक्रस सर्कल श्रीकृष्ण माध्यमिक विद्यालय पोखरा ६ मासबारको व्यवस्थापनमा कास्की जिल्ला स्तरीय चित्रकला प्रतियोगिता भएको छ । कास्कीका ३२ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा बालोदय माध्यमिक विद्यालयकी ईशिभा पौडेल प्रथम भएकी छन् ।
प्रतियोगितामा कास्की मोडनाइज्ड एकेडेमीकी देविका थापा द्वितीय, मदरल्यान्ड माध्यमिक विद्यालयका मन्दीप आचार्य तृतीय र सैनिक आवासीय माध्यमिक विद्यालयका किरणजीत गुरुङ तथा बाराही माध्यमिक विद्यालयका सलिना थापाले सान्त्वना पुरस्कार जितेका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना विद्यार्थीले क्रमशः ५ हजार, ३ हजार, २ हजार र १/१ हजार नगदसहित प्रमाणपत्र पाएका छन् । प्रतियोगिताको निर्णायकमा कलाकार डिबी गुरुङ थिए । कार्यक्रममा जुनियर युवा समितिमा संयोजक रमेशराज भण्डारी, प्रधानाध्यापक टीकाराम लामिछाने, पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत सोम भण्डारी लगायतले बोलेका थिए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया