जोमसोम सडक धजा पर्‍यो ,मुक्तिनाथ सिधा यातायात अवरुद्ध

समाधान संवाददाता २०८० साउन ३० गते ११:०८
कालिगण्डकी कटानले जोमसोम सडक चर्किएर धजा पर्‍यो । तस्विरः निरज थकाली

जोमसोम— कालिगण्डकी कटानका कारण मुस्ताङको जोमसोम बजार क्षेत्रको करिव ५० मिटर चर्किएर धजा परेको छ । सडक र्चिर्कएर धजा परेसंगै मुक्तिनाथ सिधा सडक अवरुद्ध भएको जनाईएको छ ।

Advertisement


मुस्ताङको घरपझोङ गाउँपालिका—४ को सरकारी कार्यालय जाने झोलुङगे पुलदेखि मुस्ताङ अस्पतालसम्मको सडकमा कालिगण्डकी कटानले सडकको तल्लो खार्दै गएपछि सडक अवरुद्ध भएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । कालिगण्डकी कटानले करिव ११ मिटर चौडा सडकको करिव ८ मिटर चौडा सडक धजा परेर चर्किएको अध्यक्ष लालचनको भनाई छ ।


जमिन चर्किएर सडक धजा परेपछि मुक्तिनाथ जाने यात्रुले अर्को सवारी साधन परिवर्तन गर्नपर्ने उनले बताए । मोटर साईकल भने क्रस गर्न सक्ने अध्यक्ष लालचनले उल्लेख गरे । सडक धजा परेको स्थानमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले कालिगण्डकीको सतहमा ग्याविन वाल लगाएर सडक संञ्चालन गर्न खटिएको अध्यक्ष लालचनले जनाए । उनले अस्पताल क्षेत्रको ढलको निकासमा समस्या र कालिगण्डकी कटानले सडम र्चिर्कएर धजा परेको उल्लेख गरे ।


यसैगरी घरपझोङ—१ छैरो तिब्बतीयन क्याम्प जाने सडक पनि कालिगण्डकीले भासिएको जनाईएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया