कागबेनी बाढी पीडितलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाद्धारा राहतको पहल

जाेमसाेम—मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा कागबेनीमा कागखोलाको शाखा नदी थुनिएर आएको बाढीले त्यहाँको भौतिक संरचना तथा धनमालको ठुलो क्षति पुर्याएपछि सोमबार दिउँसो वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समिति र जिल्ला विपद् व्यवस्थापन समितिको संयुक्त बैठक बसेको छ ।
बैठकले कागबेनी बाढी प्रभावित क्षेत्रका स्थानीयबासीलाई तत्काल उद्दार ,राहत र व्यवस्थापन गर्न विभिन्न ८ बुँदै निर्णय गरेको छ ।
संयुक्त पालिका विपद् व्यवस्थापन समिति र जिल्ला विपद् व्यवस्थापन समितिले बाढी ग्रष्त प्रभावित क्षेत्रमा रहेका मजदुरहरुको उद्दारको व्यवस्थापनका लागि घरपझोङ गाउँपालिकालाई जिम्मा दिएको छ । घरपझोङले बाढीका कारण अलपत्र मजदुरको उद्दार ,राहत र व्यवस्थापनका लागि जोमसोम समाजघरमा स्थान्तरण गर्ने र उनीहरुलाई खाद्यान्न ,लत्ता कपडा र बन्दोवस्तीका सामान गाउँपालिका व्यवस्थापन गर्ने जनाईएको छ ।
प्रभावित क्षेत्रमा तत्काल खानेपानी,बिद्यतु र संञ्चार सेवा अवरुद्ध भएकाले त्यसको संञ्चालन गर्न व्यवस्था मिलाउने ,जोखिम र असुरक्षित रहेका घरहरुको धनमाल सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
विपद्को संयुक्त बैठकले प्रभावित क्षेत्रको सार्वजनिक र निजी क्षेत्रको प्रारम्भिक आँकलन र मूल्यांकन गरी स्थानीय पालिका र सुरक्षाकर्मीको समन्वयमा निक्र्योल गर्ने , कागबेनी बाहेक सो पालिकाको वडा २ र ३ को छुसाङ,ताङ्वे, झोङ,पुडाक र छेङ्गुर लगायतका स्थानसंग जोड्ने मुख्य र शाखा सडक संञ्चालन गरी आवतजावत सहज बनाउन तत्काल पहल थाल्ने निर्णय गरेको छ ।
कागबेनी बाढी प्रभावित क्षेत्रको पूर्ण क्षति २९ घरसहित ३५ घरधुरीलाई तत्काल उद्दार,राहत र पूनथापनको लागि आवश्यक पर्ने सामाग्री नेपाल सरकार, गृह मन्त्रालय र विपद् व्यवस्थापन महाशाखा र एनईओसीलाई उपलब्ध गराउन अनुरोध गर्ने र बाढी प्रभावित क्षेत्रको ३५ घरधुरीलाई तत्काल राहत व्यवस्थापन गर्न आवश्यक टेन्ट,म्याटिस र कम्बल आदीको व्यवस्था मिलाउन र सोका लागि ईन्धनको उपलब्ध गराउन गण्डकी प्रदेश सरकार र प्रदेश विपद् व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
तपाईको प्रतिक्रिया