बाढी प्रभावितको राहत उद्धारमा जुट्न एमालेको अपिल

पोखरा ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले केहि दिन देखि यताको वर्षाको कारण गण्डकी प्रदेश लगायत देशका विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको उल्लेख गर्दै तत्काल राहत र उद्धारमा खटिन आफ्नो पार्टीको विभिन्न तहका कमिटी, जनसंगठन र सरोकारवाला सरकारी निकायहरूलाई अपिल गरेको छ ।
प्रदेश कमिटीको तर्फबाट पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख रश्मी आचार्यले एक अपिल जारी गर्दै बाढीले मुस्ताङको कागबेनी क्षेत्रका दर्जनौं घरहरु क्षतिग्रस्त भएको र करोडौंको भौतिक सम्पत्ति समेत नष्ट भएको बताउँदै राहत उद्धारमा जुट्न आग्रह गरिन् ।
बाढी तथा पहिरोले होटल, बैंक, निजी घरहरु भत्काउनुका साथै कयौं सवारी साधनहरु बगाएको छ भने लोमान्थाङ जाने कंक्रिट पुल पूर्णरुपले क्षतिग्रस्त हुन पुगेको छ । त्यसैगरी बेनी जोमसोम सडक खण्ड पूर्ण रुपले अवरुद्द भएकाे छ,, म्याग्दीको वैसरी तथा बेनी दर्बाङ खण्डको फापरखेतमा पहिरोले सडक अवरुद्ध हुन पुगेको छ ।
गोरखामा मदन–आश्रित स्मृति प्रतिष्ठानको भवन रहेको स्थानको माथिल्लो माग पूर्णरुपमा क्षतिग्रस्त हुन पुगेको छ । लमजुङमा मध्यपहाडी लोकमार्गका विभिन्न ठाउँमा गएको पहिरोका कारण सवारी आवागमनमा प्रभाव परेको छ । बेसीशहरबाट मनाङ जाने सडक खरखरे पहिरोका कारण जोखिममा परेको छ ।
अपिलमा मनाङको ताल गाउँ संरक्षणको लागि मस्र्याङ्दी नदीमा लगाएको प्लम्बिङ बाल भत्किएको जनाइएको छ ।
‘गण्डकी प्रदेश भर बाढी पहिरोले पुर्याएको क्षति प्रति नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी दुःख व्यक्त गर्दछ,’अपिलमा भनिएको छ, ‘अहिलको विपतको घडीमा राहत तथा उद्धारमा जुट्न स्थानीय सरकार, स्थानीय प्रशासन, नागरिक समाज, पार्टी पंक्ति र आम जनसमुदाय सक्षम पार्टी हार्दिक अपील गर्दछ ।’
अपिलमा बाढी पहिरोका कारण क्षति भएका सबै स्थानहरुको विवरण शीघ्र संकलन गर्न तथा क्षति पुगेका स्थानहरुमा राहतको घोषणा गर्न नेपाल सरकार र गण्डकी प्रदेश सरकार समक्ष जोडदार माग गरिएको छ ।
अघिल्लो वर्ष मनाङ जिल्लामा र यस वर्ष मुस्ताङ जिल्लामा बाढी पहिरोले ठूलो धनजनको क्षति पुर्याएको घटनाले जलवायु परिवर्तनको गहिरो असर हिमाली क्षेत्रमा क्रमशः बढीरहेको स्पष्ट देखिएको अपिलमा उल्लेख छ । जलवायु परिवर्तनको कारण स्थानीय समुदायलाई परेको असर न्यूनिकरणका योजना तथा कार्यक्रम ल्याउन एमालेले विश्व समुदायलाई समेत अपिल गरेको छ ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया