पोखरामा भारतीय स्वतन्त्रता दिवस

पोखरा ।
पोखरामा मंगलबार ७७ औं भारतीय स्वतन्त्रता दिवस मनाइएको छ । पोखराको रामबजारमा रहेको भारतीय राजदुतावास पेन्सन वितरण क्याम्पमा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।
भारतिय राजदुतावास पेन्सन वितरण कार्यालयका प्रमुख ले.कर्नल प्रशान्त सिंह बघेलले भारतीय राष्ट्रिय झण्डालाई झण्डोत्वलन गरेर कार्यक्रम शुभारम्भ गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि शिक्षासेवी डा. जर्ज जोन थिए । भूपूहरु सैनिक र भारतीय नागरिक र नेपाल भारत मैत्री विद्यालयका अभिभावकहरु कार्यक्रममा सहभागी बनेका थिए ।
कार्यक्रममा नेपाल भारत मैत्री विद्यालयका विद्यार्थीहरुद्वारा दुवै देशको राष्ट्रिय गान सांस्कृतिक, कार्यक्रम, खेलकुदका कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमममा उत्कृष्ट कर्मचारीहरुलाई प्रमाणपत्रद्वारा सम्मानसमेत गरिएको थियो । सन् १९४७ अगस्ट १५ मा भारत बेलायतबाट स्वतन्त्र भएको थियो । भारतले हरेक वर्ष अगस्ट १५ तारिखमा स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।
त्यस अवसरमा विभिन्न व्यक्तित्वहरुको सम्मान गरिएको थियो । पेन्सन वितरण कार्यालय प्रमुखले व्यक्तित्वहरु तथा विद्यार्थीहरुलाई सम्मान गरेका थिए । मनोरञ्जनात्मक, सांस्कृतिक प्रस्तुतिसमेत आयोजना गरिएको कार्यक्रममा म्युजिकल चियर दौड, बोटल दौड, माट्का थ्रोड लगायत प्रतियोगितासमेत भएको थियो ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया