८१ युनिट रगत संकलन

समाधान संवाददाता २०८० साउन ३२ गते १३:५५

पोखरा ।
नेपाली विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन गण्डकी प्रदेश समितिले बुधबार खुला रक्तदान आयोजना गरेको छ ।

Advertisement


प्राधिकरणको पोखरा वितरण केन्द्र मालेपाटमा भएको कार्यक्रममा ८१ युनिट रगत संकलन भएको समिति अध्यक्ष नारायण पन्थीले जानकारी दिए । नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख जगदीशचन्द्र जोशीले प्राधिकरणले गुणस्तरीय सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको बताए ।


प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले विद्युतीय क्षेत्रमा मात्रै नभई अन्य जस्तोसुकै दुर्घटना हुँदा पनि रगतको अभाव नहोस् भन्नका निम्ति ‘रक्तदान, जीवनदान, जीवनदान महादान’ भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै कार्यक्रम गरेको जानकारी दिए । उनले उपभोक्ताको सेवामा तल्लिन रहँदै गर्दा मानवीय सेवा र वातावरण मैत्री शहर बनाउन वृक्षरोपण समेत गरेको बताए ।


कार्यक्रममा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका संस्थापक नेता रामप्रसाद खनाल, युनियनका केन्द्रीय उमहासचिव हरि पौडेल, युनियनका पूर्व केन्द्रीय सदस्य सरला पौडेल, आधिकारिक ट्रे्ड युनियन कर्मचारी संघ गण्डकी प्रदेश अध्यक्ष देशबन्धु श्रेष्ठ, राष्ट्रिय कर्मचारी युनियन गण्डकी प्रदेश अध्यक्ष राजेन्द्र हमाल, नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद्का प्रतिनिधि विष्णुप्रसाद शर्मा, नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन गण्डकी प्रदेश समितिका सचिव सीता सिग्देल, समितिका कार्यसमितिका सदस्य गुप्तबहादुर राना लगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।


कार्यक्रममा सेवाग्राही रक्तदाता सुन्तली तामाङलाई सम्मान गरिएको छ । ‘समृद्ध संस्था सुखी पेशाकर्मीका लागि मर्यादित ट्रेड युनियन, उत्तरदायी सफल र सुदृढ संस्थान’ भन्ने नाराका साथ युनियनले नियमित रुपमा रक्तदान लगायतका सामाजिक काम गर्दै आएको छ । विद्युत प्राधिकरणले ३८औं वार्षिकोत्सवको अवसरमा विभिन्न प्रजातिका ३सय विरुवा रोपेको छ

Advertisement

तपाईको प्रतिक्रिया