बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको अध्यक्षमा अर्याल

समाधान संवाददाता २०८० भदौ ४ गते ११:२३

पोखरा ।

Advertisement

बुद्ध विशाल वजार व्यापारिक एसोसियसन पोखराको २५ औं वार्षिक साधारण सभा एवं १३ औं अधिवेशनले ईन्द्रराज अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । एसोसियसनको उपाध्यक्ष बुद्धिबहादुर कुँवर, महासचिव राजु केसी, सचिव थमनसिंह गुरुङ र कोषाध्यक्ष शान्ति श्रेष्ठ जोशी चयन भएका छन् । ईन्द्रमाया गुरुङ, मनोहरि पौडेल, प्रेमप्रसाद आचार्य, कृष्ण कुँवर, अनु थापा र लक्ष्मण आचार्य सदस्य चुनिएका छन् ।


अध्यक्ष चयन भएपछि अर्यालले संस्थाको व्यावसायिक हकहितका कुरामा ध्यान दिँदै संस्थाको छवि झन् उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसअघि अधिवेशनको उद्घाटन गर्दै प्रदेशका अर्थमन्त्री जीतप्रकाश आलेले सरकारले मात्रै विद्यामान आर्थिक संकट टार्न नसक्ने बताउँदै निजी क्षेत्र पनि सरकारसँगै हुनुपर्ने बताए ।

Advertisement


कोरोना संक्रमण मत्थर भएसँगै आर्थिक संकटबाट मुक्त हुने अपेक्षा राखेप नि रुस र युक्रेनबीचको युद्धले झनै शिथिल बनाएको मन्त्री आलेले बताए । ‘अर्थतन्त्रलाई उकास्न अझै समय लाग्छ जस्तो छ । लामो समयदेखि आर्थिक रुपमा व्यापारी उद्योगलाई धेरै गाह्रो छ,’ उनले भने, ‘बैंकबाट ऋण लिने बेला जुन ब्याजदर थियो बैंकले आफूखुसी बढाएर तिर्न केही ढिला भयो भने लिलामै गर्न सूचना जारी गर्दा सबैलाई बडो आक्रन्त बनाएको छ ।’


सरकारलाई सफल बनाउन स्थानीय प्रदेश र केन्द्र सरकारको तालमेल आवश्यक रहेको बताए । उनले संघीयताको सही व्यवस्थापनका लागि सबैको हातेमालो जरुरी रहेको बताए । पोखरा महानगरपालिका ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले व्यवसायी साथीहरूका समस्या समाधान गर्न आफु प्रतिबद्ध रहेको बताए ।

Advertisement


एसोसिएसनका मानार्थ सदस्य सुदीप ढकालले एसोसिएसन आज यो अवस्थासम्म आएकोमा आफूलाई निकै खुशी लागेको बताए । संस्थाका अध्यक्ष केशवबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका महासचिव वलराम आचार्य, कोषाध्यक्ष थमनसिंह गुरुङ, महासचिव बुद्धिबहादुर कुँवर, सचिव राजु केसी लगायतले बोलेका थिए ।


कार्यक्रममा संस्थाका अध्यक्ष केशवबहादुर खत्रीलाई दीर्घसेवा पदकबाट व्यवसायीहरुको तर्फबाट ज्येष्ठ सदस्य राधेश्याम खेतानले सम्मान गरेका थिए । अधिवेशनको अवसरमा संस्थाका महासचिव बुद्धिबहादुर कुँवर र प्रवक्ता तथा प्रेस संयोजक मनोहरि पौडेललाई रजत पदकबाट सम्मान गरिएको थियो । साथै रजत महोत्सवको अवसरमा प्रकाशित स्मारिकामा विज्ञापन संयोजक रहेर उत्कृष्ट कार्य गरेकोमा संस्थाका कोषाध्यक्ष थमनसिह गुरुङ, सुरक्षा तथा पार्किङ संयोजनमा उत्कृष्ट कार्य गरेकोमा ज्ञानेन्द्रमान श्रेष्ठलाई उत्कृष्ट संयोजकबाट पुरस्कृत गरिएको थियो ।


एसइई तथा प्लस टुमा उत्कृष्ट अंक ल्याएका व्यवसायीका छोराछोरी तथा पुराना व्यवसायीलाई सम्मान गरिएको थियो । कार्यक्रममा बुद्ध विशाल वजार व्यापारिक एसोसियसनको रजत महोत्सवको अवसरमा एसोसिएसनको लोगो अंकित पिन तथा एसोसियसनले प्रकाशन गरेको स्मारिकाको गण्डकी प्रदेशका अर्थमन्त्री जीतप्रकाश आलेमगरले विमोचन गरेका थिए ।

तपाईको प्रतिक्रिया