जेसिज सप्ताह सकियो

समाधान संवाददाता २०८० भदौ ४ गते १२:२७

पोखरा ।
नेपाल जेसिजको सामाजिक विकास क्षेत्र अन्तर्गत पोखरा लेडी जेपिसजले जेसिज सप्ताह २०२३ मनाएको छ । ‘महिला सशक्तीकरणका लागि हाम्रो अभियान’ भन्ने नाराका साथ सिर्जनात्मक तथा रचनात्मक कार्यक्रम गरी सप्ताह मनाइएको जेसिआई पोखरा लेडी वर्ष २०२३का अध्यक्ष लक्ष्मी कुँवर थापा (लता)ले जानकारी दिइन् ।

Advertisement


जेसिज सप्ताहका मुल संयोजक प्रमिला सुवेदीका अनुसार सप्ताह अन्तर्गत सप्ताह अन्तर्गत महिला तथा विद्यार्थीलाई लक्षित गरी साइबर क्राइमसम्बन्धी तालिम, पोखरा १८ को बाल सुधार गृहमा निशुल्क स्वास्थ्य शिविर तथा पोखरा २६ विजयपुरको भवानी कालिका माध्यमिक विद्यालयका विद्यार्थीलाई स्टेसनरी वितरण गरिएको छ ।


उनले पोखरा १ बगरमा रहेको स्वस्तिक हस्तकला उद्योगमा महिलाका लागि ३ दिनसम्म कपाल बाटने डोरी, भेल्बेट्को थैली ब्याग र गुलाफको फूल बनाउने सीपमूलक तालिम प्रदान गरिएको बताइन् । तलिममा प्रशिक्षक खिमकुमारी गुरुङ सहजीकरण गरेकी थिइन् । जेसिज सप्ताहको समापनमा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरियो ।

Advertisement


कार्यक्रममा गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा ऊर्जा मन्त्री सरस्वती अर्याल तिवारी, पोखरा लेडी जेसीज पूर्व अध्यक्ष सजना कर्माचार्य महत, पोखरा जेसिज अध्यक्ष गणेश गिरी, लेखनाथ जेसीजका अध्यक्ष चन्द्रप्रकाश ढुंगाना, जेसिज वर्ष २०२३ का सामुदायिक उपाध्यक्ष दीपा पौडेल, सचिव अनिता खडका, सरु पनेरु लगायतले जेसीज सप्ताहका बारेमा बोलेका थिए ।

‘दिगो विकासका लागि असल नेतृत्व’ भन्ने नाराका साथ पोखरा लेडी जेसीसले विभिन्न कार्यक्रम गर्दै आएको छ । व्यक्तिगत, व्यवसाय, सामुदायिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा जेसिजले काम गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया