वेद विद्याश्रमलाई ईनर ह्वीलकाे सहयोग
समाधान संवाददाता
२०८० भदौ ४ गते १२:५९

पोखरा ।
ईनर ह्वील क्लब अफ पोखरा न्युरोडले पोखरा १८ मा रहेको चिसाखोला वेद विद्याश्रमलाई खाद्यान्न तथा स्टेसनरी प्रदान गरेको छ ।
कार्यक्रममा आश्रमका संरक्षक मोक्षनाथ तिमिल्सिनाले क्लबको प्रगतिको कामना गर्दै सामाजिक क्षेत्रको कामलाई बढाउन सुझाव दिए । समारोहमा क्लबका अध्यक्ष मीना शर्माले आमा गंगादेवी ढकालको सम्झनामा ५५ हजार ५ सय ५५ को अक्षयकोष खडा गर्ने घोषणा गरिन् ।
सो अवसरमा क्लबका पूर्व अध्यक्षहरु उर्मिला श्रेष्ठ, नारायणी बास्तोला, कमला बास्तोला, जमुना बास्तोला, दुर्गा शर्मा, क्लबका उपाध्यक्ष गीता केसी, कार्यक्रम संयोजक भगवती चिलुवाल, बोर्ड सदस्य तीर्थ शर्मा ढकाल, इन्दिरा कार्की, रीता शर्मा, कमला बराल, शर्मिला श्रेष्ठ, कोकिल जोशी लगायतले क्लबले गरेका सामाजिक कामका बारेमा बोलेका थिए ।
सम्बन्धित








बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया