डिएलए अध्यक्ष सीताराम सम्मानित

पोखरा ।
नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिले लोकतान्त्रिक अधिवक्ता संघ (डिएलए) केन्द्रीय अध्यक्ष सीताराम केसीलाई बधाई ज्ञापनसहित सम्मान गरेको छ । धादिङ गंगाजमुना गाउँपालिकामा जन्मेका केसीलाई नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिले सम्मान गरेको हो ।
समितिका सभापति कमलबहादुर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा केसीले नेपाली कांग्रेस भित्रको समस्या समाधान गर्न आगामी २०८४ को निर्वाचन पूर्व पार्टीको महाधिवेशन गरी नयाँ नेतृत्व निर्वाचनमा जाँदा मात्र कांग्रेसको अवस्था सन्तुलित हुने बताए । अध्यक्ष केसीले विदेशमा पैसा कमाएर बसेकाले टिकट पाउने, गाउँमा बीसौं वर्ष राजनीति गरेर रित्तो हात भएकाले गर्ने प्रतिष्पर्धा कठिन हुने बताए ।
समितिका संस्थापक सभापति केदार धमलाले बलियो, विश्वासिलो र भरपर्दो कांग्रेस नबनेसम्म कसैको पनि हित नहुने जनाए । कार्यक्रममा कांग्रेस पोखरा ६ सभापति सन्तोष पौडेल, काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेल(विमल), उच्च अदालत पोखराका विष्णुप्रसाद मरासिनी, डिएलए सचिव शिवराज वाग्ले, अधिवक्ता बाबुराम अर्याल, समितिका वरिष्ठ सल्लाहकार कृष्णकुमार श्रेष्ठ, सल्लाहकार यादुप्रसाद ढकाल, मोहन पण्डित, समितिका वरिष्ठ उपसभापति माधव लम्साल, पूर्व सहकोषाध्यक्ष राजेन्द्र इटनी, समितिका सदस्य कृष्णकुमार श्रेष्ठ, रामकृष्ण पाठक, सुशील ढकाल लगायतले बोलेका थिए ।








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया