कागवेनी तीर्थस्थलका धार्मिक संरचनामा ५ करोडको क्षति

पोखरा ।
गएको साउन २९ गते आएको बाढीले मुस्ताङको कागवेनी तीर्थस्थलमा धार्मिक क्षेत्रका भौतिक संरचनामा ५ करोड रुपैयाँको क्षति भएको सरोकारवालाले जनाएका छन् । आश्रम लगायत धार्मिक तीर्थस्थल निर्माण र संरक्षणमा अगुवाइ गर्दै आएका मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलानयनाचार्यले बाढीले क्षति पुर्याएपछि भक्तजनको सेवा गर्न नपाइएको सुनाए ।
आउँदो सोह्राश्राद्धका बेला पितृतर्पणका लागि पुग्ने भक्तजनलाई गासबासको प्रबन्ध गर्न सकिएला कि नसकिएला भन्ने चिन्ता स्वामी कमलानयनाचार्यले व्यक्त गरे । ‘तर हामीलाई सबैभन्दा चिन्ता त्यहाँका स्थानीय बासिन्दालाई छिटो राहत पुगोस् भन्ने हो,’ पोखराका पत्रकारहरु माझ सोमबार उनले भने ।
बाढीले गण्डकीमाताको मन्दिर, धर्मशाला, हवनमण्डप, सभागृह, स्नानगृह, ध्यानकुटी र अतिथि स्वागतगृहत लगायतमा बढाएको जानकारी स्वामी सुदर्शन प्रपन्नाचार्यले दिए । ती संरचनाहरु स्वामी श्रीजी च्यारिटेबल ट्रस्टको माध्यमबाट निर्माण भएका थिए ।
सोह्रश्राद्धमा पुग्ने भक्तजनलाई सेवा कसरी पुर्याउने भन्ने चिन्ता
मुक्तिनाथ दर्शन र कागवेनी तीर्थस्थल जाने भक्तजनहरुका लागि उक्त ठाउँमा गएको ३५ वर्षदेखि निशुल्क भोजन तथा बसोबासको व्यवस्था हुँदै आएको छ । दान संकलनबाटै निशुल्क खाना र धर्मशालामा बसोबासको प्रबन्ध मिलाइएको हो ।
मुक्तिनाथ सन्त सेवाआश्रम रामघाट पोखराका महेश पराजुलीले कागवेनी तीर्थस्थल पुननिर्माणमा भन्दा स्थानीयको राहतका लागि स्वामी कमलानयनाचार्यको ध्यान केन्द्रित रहेको जानकारी दिए । भागवत प्रपन्नाचार्यले समेत सोही कुरामा सहमति जनाए ।
कागवेनी तीर्थस्थलका ४ वटा भवनमध्ये अहिले एउटामात्रै अस्तित्वमा रहेको र त्यसमा पनि दुई तलासम्म बालुवा भरिएको सुदर्शन प्रपन्नाचार्यले बताए । ‘भक्तजनहरुका लागि खाना पकाउने भाँडाकुँडा र ओढ्नेओछ्याउने सबै बगे, ग्यासका सिलिन्डर मात्रै ३५ वटा थिए,’ उनले भने, ‘देवी माताको मन्दिर र मूर्ति सबै बगे ।’
मुक्तिनाथ ४ नाथहरुमध्ये श्रेष्ठ रहेको सुनाउँदै स्वामी कमलानयनाचार्यले २०६३ पछि पितृउद्धार महायज्ञ गरी मुक्तिनाथको थप प्रचार गरिएको जानकारी दिए । उनले बद्रीनाथमा हरिद्वार हुँदै गएजस्तै पोखरा हुँदै मुक्तिनाथ गइने हुँदा पोखरा लगायत द्वार एवं मार्गहरुमा पनि भक्तजनका लागि आश्रमहरु निर्माण भएको बताए ।
उनकै भनाइमा पोखरा हुँदै मुक्तिनाथ जाँदा बाटोबाटोमा निशुल्क खानेबस्ने धर्मशाला तथा आश्रमहरु निर्माण भएको जानकारी पनि दिए । ‘सक्नेहरु त मुक्तिनाथ, कागवेनीमा पनि सुविधासम्पन्न होटलहरुमा बस्नुहुन्छ, नहुनेहरु एक पैसा पनि खर्च नगरी जान आउन सक्ने आश्रमहरु प्रबन्ध छन्,’ उनले भने । उनकै भनाइमा ती सबै भक्तजनहरुकै दानबाट चलेका छन् ।’
दसैंअघिको सोह्रश्राद्धमा कागवेनी तीर्थस्थलमा पितृ तर्पणका लागि हिन्दु सनातन परम्पराका धर्मालम्वीहरु पुग्छन् । त्यहाँ गएर श्राद्ध गर्दा पितृहरुको उद्धार हुने र पुण्य प्राप्त हुने विश्वास गरिन्छ । ‘गण्डकी समान संसारमा अरु कुनै नदी छैनन्, शालिग्राम समान अरु कुनै देव छैनन्,’ मुक्तिनाथ बाबाले भने । स्वामी कमलानयनाचार्यको पत्रकार सम्मेलनमा मुक्तिनाथ सन्त सेवाआश्रम पोखराकी उपाध्यक्ष मीना भण्डारीले कागवेनीमा २०६३ सालपछि आयोजित पितृउद्धार महायज्ञमा पुग्दाको अनुभव सुनाएकी थिइन् ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया