अर्चितको स्मृतिमा ग्लोबल कलिजियट स्कुलमा खेलकुद
समाधान संवाददाता
२०८० भदौ ५ गते ११:१५

पोखरा ।
गत वर्ष साउन २५ गते निधन भएका कक्षा ७ मा छात्र अर्चित बास्तोलाको स्मृतिमा पोखरा १२ रानीपौवामा अवस्थित ग्लोबल कलिजियट स्कुलले अर्चित स्मृति कप आयोजना गरेको छ ।
विद्यालयले कक्षा ७ मा अध्ययनरत विद्यार्थीबीच अन्तरसदनात्मक स्मृति कप आयोजना गरेको हो । छात्रहरुको फुटसल र छात्राबीच बास्केटबल प्रतियोगिता भएको छ । छात्र फुटसलतर्फ जुपिटर सदन प्रथम र मर्करी सदन द्वितीय बने ।
छात्रा बास्केटबलतर्फ मर्करी सदन विजेता र स्याट्रन सदन उपविजेता भए । विजेता टिमलाई आइतबार मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । विद्यालयका प्राचार्य बाबुराम पन्तले अर्चितको आत्माको चिरशान्तिको कामना गर्दै आगामी दिनमा पनि स्मृति कपले निरन्तरता पाउने बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया