पोखराकी मोनिकालाई मलेसियामा अवार्ड
समाधान संवाददाता
२०८० भदौ ५ गते ११:२९

पोखरा ।
पोखराकी मोनिका थापा ‘गोल्डेन ग्लोवल आइकोनिक अवार्ड–२०२३’ बाट मलेसियामा सम्मानित भएकी छन् । जोन्टा क्लब अफ पोखराकी अध्यक्ष थापालाई युनिभर्सिटी कलेज माविप इन्टरनेसनल र फार्मासेटिकल रोयल इन्टरनेसनल सोसाइटी मलेसियाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा गरिएको हो ।
हिमालयन हाइड्रोपावर लिमिटेड, सुपर घलेम्दी हाइड्रोपावर प्रालि तथा पोखरा मन्टेसरी किन्डर होम नेपालकी निर्देशकसमेत रहेकी थापालाई शैक्षिक र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिउको हो । थापालाई युनिभर्सिटी कलेज माविप इन्टरनेसनलका भाइस चान्सलर डा.भान, थाइल्यान्डका पूर्व गर्भनर डा यानाकोर्न, प्रिजल फाउन्डेसनका प्रेसिडेण्ट प्रिती ताग्रे, टर्कीका डा निजम लगायतले अवार्ड प्रदान गरे ।
थापाले यो अवार्डले शैक्षिक तथा सामाजिक क्षेत्रमा लाग्न थप हौसला मिलेको सुनाइन् ।
सम्बन्धित









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया