विमानस्थलको भन्सार मेरो क्षेत्राधिकार नै होईन, षडयन्त्रपूर्वक वदनाम गरियो–झलकराम

पोखरा ।
त्रिभुवन विमानस्थल अध्यागमन विभागको महानिर्देशकबाट हटाइएका सहसचिव झलकराम अधिकारीले सुन तस्करी काण्डमा आफ्नाे कुनै संलग्नता नरहेको बताएका छन् । अध्यागमन विभागको काम र जिम्मेवारी के हो भन्ने पनि थाहा नपाएकाहरुले आफूलाई तस्करीसँग जोडेर समाचार बनाएकाे उनले दावी गरे ।
म अध्यागमन विभागकाे महानिर्देशक हुँ, मेरो जिम्मेवारी पासपाेर्ट र पासपाेर्टधारी मान्छे हेर्ने हो, भन्सार विभाग मेरो क्षेत्राधिकार भित्रै पर्दैन –अधिकारीले समाधानसँग भने । भन्सार विभाग हेर्न अर्थमन्त्रालयकै सहसचिव खटिएकाे हुन्छ भन्दै हुँदै नभएकाे कुरामा नाम जोडेर कथा बनाइएकाे अधिकारीकाे दावी छ ।
सुनकाे तस्करी अहिले भएको छ तर तिन चार वर्ष अघि फरक प्रसंगमा भएका केही सम्वादलाई ताेडमोड गरेर भयानक स्टोरी बनाइएकाे छ भन्दै अधिकारीले ठुलै गिरोहले आफू विरुद्ध षडयन्त्र र जालझेल गरेको हुन सक्ने आशंका गरे ।
कास्की ढिकुर पाेखरीका स्थायी बासिन्दा अधिकारीले आफ्नो बारेमा गरिएका अनर्गल प्रचारलाई विश्वास नगर्न दाजु भाइ सहित शुभचिन्तकलाई आग्रह गरेका छन् । नखाएकाे विष लाग्दैन भन्दै उनले छिटै सत्यकाे विजय हुने र कार्यक्षेत्रमा खटिने विश्वास समेत दिलाएका छन् ।
सुन तस्करीका नाइके दावा भन्ने व्यक्तिसँग अधिकारीकाे सम्बन्ध रहेको भन्ने समाचार सार्वजनिक भएपछि गृहमन्त्रालयले अधिकारीलाई अध्यागमनबाट हटाएर गृहको जगेडामा तानेर अनुसन्धान गर्दैछ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया