लायन्स क्लब युनाइटेड चौतारीको पदस्थापन

समाधान संवाददाता २०८० भदौ ८ गते १७:४१

पोखरा । लायन्स क्लब युनाइटेड चौतारीको पदस्थापन तथा चार्टर नाइट कार्यक्रम भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक गभर्नर हरिप्रसाद मरहट्टाले युनाइटेड चौतारी डिस्ट्रिकमा अब्बल क्लब रहेको र डिस्ट्रिकलाई हाँक्न सक्ने क्षमता यस क्बलमा रहेको बताउँदै क्लबका सदस्यहरुप्रति आभार व्यक्त गरे ।

Advertisement


उक्त कार्यक्रममा पिजिडी ध्रुवबहादुर थापा, आइपिडिजी ध्रुव श्रेष्ठ, प्रथम भिडिजी मिलन थापा, पिएमसिसी पिडिजी प्रेमबहादुर श्रेष्ठ, चिफ एड्भाइजर प्रजापति बास्तोला, कोचिफ एड्भाइजर कृष्णप्रसाद शर्मा, रिजन चियर पर्सन सूर्य बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


कार्यक्रममा नरहरि पनेरुले आफ्नो कार्यकालमा भएका सामाजिक कार्यहरु तथा डिस्ट्रिकलाई पु¥याएको योगदानको बारेमा चर्चा गर्दै आफ्नो एक वर्षे कार्यकालमा सहयोग गर्नेहरुलाई सम्मान व्यक्त गर्दै अवार्ड समेत वितरण गरेका थिए । वर्ष २०२३—२४का अध्यक्ष एकनारायण गौतमले हालसम्म क्लबले गरेका र भावी कार्यक्रमको बारेमा चर्चा गर्दै बिएसएफ र एनएलएफतर्फको चेक हस्तान्तरण गरेका थिए ।

Advertisement


लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ जे नेपाल अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीको वर्ष २०२२—२३ का अध्यक्ष नरहरि पनेरुको अध्यक्षतामा पहिलो सत्र तथा वर्ष २०२३—२०२४ का क्लब अध्यक्ष एकनारायण गौतमको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।


कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक राजु श्रेष्ठ र धन्यवाद मन्तब्य क्लबका संस्थापक अध्यक्ष बालाकृष्ण शर्माले राखेका थिए । डिस्ट्रिक जे अन्तर्गतका डिस्ट्रिक पदाधिकारी तथा सबै क्लबका अध्यक्षहरु सहभागी कार्यक्रमको सञ्चालन वर्ष २०२२—२०२३ का सविच सुशील थापा र वर्ष २०२३—२४ का सचिव ईश्वर शर्माले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया