पोखरा १३ द्धारा सामुदायिक विद्यालयमा स्वास्थ्य शिविर

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १३ ले वडाभित्रका सामुदायिक विद्यालयमा निशुल्क स्वास्थ्य शिविर गरेको छ । कास्की सेवा हस्पिटल एण्ड रिसर्ज सेन्टरको सहयोगमा वडा भित्रका सामुदायिक विद्यालयमा स्वास्थ्य शिविर गरिएको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।

उनका अनुसार वडाभित्रका आर्वा विजय माध्यमिक विद्यालय ढाँडबेसीमा शिविर गरिएको हो । ‘हामी जनप्रतिनिधि समुदायसँगै नजिकै छौं भनेर आज पुनः वृहत्त स्वास्थ्य शिविर सम्पन्न ग¥यौैं । समाजको आँगन विद्यालय ठानेर स्वस्थ्य शिविर गरेका हौं,’ वडाध्यक्ष बरालले भने ।
स्वास्थ्य शिविरमा १ सय ८८ जना सहभागि भएका थिए । जसमा ८५ जना विद्यार्थी सहभागि थिए । भने १ सय ३ जना स्थानीय शिविरमा सहभागी भएर स्वास्थ जाँच गरेका हुन् । ‘यस कार्यमा अस्पतालको साथ र सहयोग नभएको भए शिविर गर्न सम्भव थिएन । यस महान कार्यमा अस्पतालले खेलेकाले भूमिकाप्रति विशेष धन्यवाद छ,’ वडाध्यक्ष बरालले भने ।








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया