पोखरा ट्रेड मलको डाइरेक्टरमा सौगात

पोखरा ।
पोखरा ट्रेड मलको बोर्ड अफ डाइरेक्टरमा सौगात थापा नियुक्त भएका छन् । अंशुवरा ग्रुपका प्रबन्ध निर्देशकसमेत रहेका थापा आइतबार बोर्ड अफ डाइरेक्टरमा नियुक्त भएको पोखरा ट्रेड मलका अध्यक्ष मीनराज काफ्लेले जानकारी दिए ।
सौगातलाई पोखरा ट्रेड मलको नियमावलीको परिच्छेद ४ को दफा २८ को उपदफा ४ बमोजिम नियुक्त गरिएको हो । सौगात पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यसमेत हुन् ।
पोखरा ट्रेड मललाई अझ व्यवस्थित बनाउँदै लैजाने सोच उनको छ । ‘अग्रजको सल्लाहलाई अनुसरण गर्दै ट्रेड मलको स्तरोन्नतिमा लागिपर्ने छु’, उनले भने, ‘ट्रेड मलको प्रचारप्रसारमा समेत ख्याल गरी व्यवसायिक मैत्री वातावरण बनाउने लक्ष्यसहित काम गर्न प्रतिबद्ध छु ।’
अध्यक्ष काफ्लेले ट्रेड मलको बोर्ड अफ डाइरेक्टरमा युवालाई नियुक्त गर्न पाउँदा खुसी लागेको उल्लेख गरे । युवालाई व्यवसायिक क्षेत्रमा आकर्षण गराए नेतृत्व विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास उनले लिएका छन् ।
पोखरा ट्रेड मल २०७२ मा सञ्चालनमा आएको नेपालकै ठूलो व्यावसायिक कम्प्लेक्स मध्ये पर्छ । यहाँ ५ सय ४ सटर छन् । ट्रेड मलमा अंशुवरा ग्रुपको ठूलो लगानी छ । यसका अलवा अंशुवरा समूहले वित्तीय संस्था, रियल स्टेट, हस्पिटालिटी क्षेत्रमा समेत लगानी गरेको छ । यो समूहले अंशुभरा एग्रो फर्मसमेत चलाउने तयारी गरेको छ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया