बिमा अभिकर्ता संघमा दीपक

पोखरा ।
पेशागत बिमा अभिकर्ता संघ नेपाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा समिति पोखराको चौथो अधिवेशन तथा साधारण सभा भएको छ । अधिवेशनले अध्यक्ष दीपकप्रसाद पराजुलीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मित्रलाल पौडेल, सचिव घनप्रसाद पौडेल, सहसचिव शोभा पोखरेल, कोषाध्यक्ष सोमबहादुर नेपाली रहेको कम्पनीका सिनियर एजेन्सी म्यानेजर नेत्रप्रसाद ढकालले जानकारी दिए ।
कार्यसमितिका सदस्यमा मञ्जु गुरुङ, राजकुमार गहतराज, लालुप्रसाद शर्मा तिमिल्सिना, कुन्दनकुमार मल्लिक, गमबहादुर गुरुङ, सुमन थापा, सिरुमाया गिरी, र दीपेन्द्र हमाल छन् । कार्यक्रममा पेशागत बिमा अभिकर्ता संघ नेपालका केन्द्रीय महासचिव ओमबहादुर केसीले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जस्तोसुकै भूकम्प गए पनि कर्मठ अभिकर्ता अर्को कम्पनीमा नगएको बताए ।
उनले अभिकर्ता कमिसन खानका लागि नभएर सचेत र संगठित हुनुपर्ने उल्लेख गरे । ‘बिमा अभिकर्ता संगठित नभए बिमितको सेवा सुविधा कटौती हुन सक्छ,’ उनले भने, ‘बिमितको सेवा, सुविधाको अलवा सदस्यको हकहितका लागि सँगसँगै लड्ने हो ।’ उनले संगठनलाई बलियो बनाउनुको साथै बिमा व्यवसायको समृद्धिका लागि काम गर्न सबैमा आग्रह गरे ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका गण्डकीका प्रमुख सहदेव अधिकारीले बिमा अभिकर्ता संघले बिमा व्यवसायको क्षेत्रमा अब्बल काम गरेको बताए । कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पोखराका प्रमुख उपेन्द्र तिमिल्सिना, पेशागत बिमा अभिकर्ता संघ नेपाल शाखा समितिका पोखराका अध्यक्ष तारादेवी बराल, कम्पनीका एजेन्सी म्यानेजर ढकाल, कार्यसमितिका सदस्य मोहनप्रसाद अधिकारी लगायतले बोलेका थिए ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया