सराङकोट सहकारीको महिला भेला

समाधान संवाददाता २०८० भदौ १२ गते १५:३३

पोखरा ।
सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाले महिला भेला र सहकारी शिक्षा कार्यक्रम आयोजना गरेको छ । संस्थाले हरेक वर्ष तीजको अवसरमा सचेतनासहितको कार्यक्रम गर्दै आएको छ ।

Advertisement


संस्थाका महिला सेयर सदस्यलाई सहकारी ऐन, नियमको जानकारीसहित आपसी सम्बन्धको विस्तार गर्न कार्यक्रम गरिँदै आएको अध्यक्ष कृष्णबहादुर थापाले बताए । कार्यक्रममा संघीय सांसद विद्यादेवी भट्टाराईले सहकारीमा महिलाको सहभागिता बढाउँदै लैजानुनपर्नेमा जोड दिइन् । उनले सहकारीको माध्यमबाट हुने रचनात्मक, सामाजिक, आर्थिक कार्यक्रमले सकारात्मक सन्देशसहित समृद्धिमा योगदान पुग्ने बताइन् ।


२०६३ मा स्थापित संस्थाले रेडियो सराङकोटको सञ्चालन गर्दै आएको छ । कार्यक्रममा संस्थाका सल्लाहकारहरु रोहितराज बास्तोला र शोभियतबहादुर अधिकारी, पूर्व अध्यक्ष प्रेमबहादुर जिसी, सृजना विकास केन्द्रका पूर्व अध्यक्ष ईन्द्र पौडेल, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक नरेश पाण्डे, सल्लाहकार ईन्द्रकमल मानन्धर, लक्ष्मी पाण्डे , सचिव कुल सुवेदी, महिला समिति संयोजक मायाकुमारी शर्मा, संस्थाका व्यवस्थापक सुरेन्द्र थापा, रेडियो सराङकोटका व्यवस्थापक योगेन्द्र श्रेष्ठ, कोषाध्यक्ष राममणि पौडेल लगायतले बोलेका थिए ।

Advertisement


सो अवसरमा कलाकार युवराज भण्डारीको विशेष गाईजात्रे प्रस्तुतिसहित विविध सांस्कृतिक कार्यक्रम भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया