स्कुल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु
समाधान संवाददाता
२०७६ जेठ ३० गते १३:४०

रासस, सिन्धुली
सिन्धुलीमा स्कुल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ ।
सुनकोसी गाउँपालिका–५ मूलकोट भोटेखोलाको पुलस्थित बीपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कुल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा प्रगतिशील माध्यमिक विद्यालय रातामाटामा कक्षा ९ मा अध्ययनरत रामेछाप खाडादेवी गाउँपालिका–३ का १४ वर्षीय रमिस श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
रमिस श्रेष्ठले बसको झ्यालबाट टाउको बाहिर निकालिएको अवस्थामा भोटेखोला लेखेको बोर्डमा टाउको ठोक्किँदा टाउकोमा गम्भीर चोट लागि घटनास्थलमै मृत्यु भएको हो ।
घटनापछि बस प्रहरीको नियन्त्रणमा रहेको छ ।
सम्बन्धित









पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया