धरौटीमा छुटे घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह

समाधान संवाददाता २०८० भदौ १३ गते १०:४३

पोखरा ।
जूवा खालबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २५ हजार धरौटीमा छुटेका छन् । पोखरामा जूवाखालबाट पक्राउ परेका मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जना जनही २५ हजार धरौटीमा छुटेका हुन् ।

Advertisement


जिल्ला प्रशासन कार्यालय कास्कीले उनीहरुलाई जनही २५ हजार धरौटीमा छाडेको हो । उनीहरु धरौटी बुझाएर रिहा भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । भदौ ७ गते पोखरा महानगरपालिका ८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट पक्राउ परेका उनीहरुलाई धरौटीमा रिहा गर्न प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले आदेश दिएका थिए ।


जूवाखालबाट अध्यक्ष लालचनसहित घोरपझोङका ईन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन पक्राउ परेका थिए । उनीहरूको साथबाट ४ लाख ४७ हजार ८० रूपैयाँ बरामद भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया