पाँच तारे होटल बाराही सेदीले आइपिओ निकाल्ने, एनएमबि क्यापिटल बिक्री प्रबन्धक नियुक्त

पोखरा ।
पोखराको लेकसाइडमा बनिरहेको पाँच तारे होटल बाराही सेदी लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडबीच प्राथमिक सेयर निस्कासन प्रबन्धका लागि सम्झौतामा हस्ताक्षर भएको छ ।
बाराही सेदी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्न यी दुई कम्पनीबीच सम्झौता भएको हो । यो सम्झौतापछि बाराही सेदी लिमिटेडको सेयर निस्कासन र बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त भएको हो ।
जारी पुँजी १ अर्व १६ करोड रुपैयाँ रहेको उक्त होटलले जारी पुँजीको १० प्रतिशत अर्थात ११ करोड ६० लाख रुपैयाँ बराबरको ११ लाख ६० हजार कित्ताको सेयर जारी गर्ने कम्पनीले जनाएको छ । उक्त साधारण सेयर निस्कासन गर्ने सम्बन्धी कार्यका लागि होटलले एनएमबि क्यापिटल लिमिटेडलाई धित्तोपत्र निस्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा बाराही सेदी होटल लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक विप्लव पौडेल तथा धित्तोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त हस्ताक्षर कार्यक्रममा बाराही ग्रुपका अध्यक्ष हरिप्रसाद पौडेल, बोर्ड सदस्य वसन्ती पौडेल, वैभव पौडेल सहितका सञ्चालक तथा कर्मचारीहरु तथा एनएमबि क्यापिटल लिमिटेडका कमलप्रसाद नेपाल तथा आशिष राज पाण्डे समेत सहभागी थिए ।
नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पुरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडि बढाइने कार्यकारी सञ्चालक विप्लव पौडेलले बताए । करिब ५१ प्रतिशत निर्माण सम्पन्न भइसकेको उक्त होटल सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ तीव्र गतिमा निर्माण कार्य भैरहेको । होटलमा १० वटा प्रिसिडेन्सियल स्विट सहित १५० कोठा र ११ वटा सर्भिस हाउस रहनेछन् । पोखराको लेकसाइडमै पाँच तारे होटलको माग बढ्दै गएकाले क्यासिनोसहितको सुविधा सम्पन्न होटल बनाउन लागिएको छ । एक हजार २ सय क्षमताको हल समेत रहने यो होटलमा इन्फिनिटी स्विमिङ पुल, हेल्थ क्लब, टावर लिफ्ट लगायत आकर्षण हुनेछन् ।
विगत ३० वर्षदेखि पर्यटन व्यवसायमा संलग्न बाराही गु्रपले यस बाराही सेदीको अलावा पोखराकै लेकसाइड होटल बाराही, काठमाडौंंको ठमेलमा होटल बाराही काठमाण्डौ, चितवनको मेघौलीमा बाराही जंगल लज सञ्चालन गरिरहेको छ । बाराही ग्रुपले होटल आबास पोखरा, सराङकोट माउन्टेन लजका अलावा लेकसाइडमा द ब्यञ्जन रेस्टुरेन्ट र खपौदीमा द बीच रेस्टुरेन्ट पनि सञ्चालन गरिरहेको छ । त्यस्तै पोखरामा आउने पर्यटकहरुलाई पोखरा भ्याली र हिमाली भेगमा हवाई टुर गराउन पोखरा अल्ट्रालाइट पनि बाराही ग्रुपकै नेतृत्वमा सञ्चालन भइरहेको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया