कास्कीलाई विकासमा नमुना बनाऔंः जिसस प्रमुख पौडेल

पोखरा ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले कास्कीलाई विकासमा नमुना बनाउने गरी काम गर्न कास्कीका स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् । पौडेलले जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि वडा सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिमको समापनको अवसरमा सो कुरा बताएका हुन् ।
पौडेलले विकासका काम युग सुहाउँदो, समय सापेक्ष र वडामा विकास प्रभावकारी हुन नसकेको गुनासो सुन्नु नपरोस् भन्ने हेतुले कार्यक्रम आयोजना गरीएको उल्लेख गरे । उनले जनप्रतिनिधिहरूको सवलीकरणमा तालिम कोसेढुंगा सावित भएको दाबी गरे । प्रमुख पौडेलले विकासमा गुणस्तरीय सेवा प्रवाहमा स्थानीय तहका प्रतिनिधिहरूको यो कार्यकाल ऐतिहासिक र स्वर्णिम हुनुपर्ने र त्यही अनुसार तालिमबाट प्राप्त ज्ञान सिपलाई अब्बलरूपमा व्यवहारमा उतार्न आग्रह गरे । जिल्ला समन्वय अधिकारी नवराज बरालले क्षमता निरन्तर बढाउन जरूरी रहेको भन्दै समृद्ध कास्कीका लागि प्रभावकारी जनप्रतिनिधिहरू निर्माणमा तालिम फलदायी भएको दाबी गरे ।
जिल्ला समन्वय समिति कास्कीले मंगलबार कास्कीका ४ वटा गाउँपालिका र बुधबार पोखरा महानगर अन्तर्गतका वडा सदस्यहरू सहभागी भएको क्षमता विकास तालिम आयोजना गरेको थियो । कार्यक्रममा विकासका योजना छनोट, प्रक्रिया र विधि स्थानीय सरकार सञ्चालनमा वडा सदस्यको भूमिका, विद्यमान ऐन कानुन लगायत विषयमा प्रशिक्षण प्रदान गरिएको कार्यालयका सूचना अधिकारी झविश्वर रेग्मीले उल्लेख गरे ।
कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे, जिल्ला समन्वय अधिकारी नवराज बराल, शाखा अधिकृत झविश्वर रेग्मी लगायतले सहजीकरण गरेका थिए । जिसस कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप–प्रमुख सरिता माल र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेको सो कार्यालयले जानकारी दिएको छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया